होसियार ! यस्तो छ फ्री इन्टरनेट-बिटक्वाइन दिने भन्दै मोबाइलमा आक्रमण गर्ने भाइरस

Technology Khabar १३ असार २०७५, बुधबार

होसियार ! यस्तो छ फ्री इन्टरनेट-बिटक्वाइन दिने भन्दै मोबाइलमा आक्रमण गर्ने भाइरस

काठमाडौं ।

काठमाडौं । यदि तपाईँ एन्ड्रोयड मोबाइल फोन यूजर हो भने सावधान हुनुहोस् । कतै तपाईँको स्मार्टफोनलाई नयाँ भाइरसले आक्रमण गरेको त छैन् ?

हालै पत्ता लागेको एक भाइरसले मोबाइलमा तपाईँको नियमितरुपमा जासुसी गर्नुका साथै तपाईँको हरेक गतिबिधिहरुलाई रेकर्ड गर्दछ । तपाईँले गरेको टेक्स्ट म्यासेजलाई समेत इन्टरसेप्ट गर्नुका साथै मोबाइलबाट साउण्ड तथा स्क्रीनको समेत रेकर्ड गर्दछ ।

हालै ईसेट (Eset) ले पत्ता लगाएको यो भाईरसको नाम हिरोर्याट (Herorat)  हो जसले तपाईँको मोबाइलको सेटिंग्सलाई पनि नियन्त्रण गर्न सक्दछ । यसले यूजरको लोकेशन पत्ता लगाउनका साथै तपाईँको कन्टेन्टहरु समेत चोरी गर्ने गर्दछ ।

यूजरलाई फ्री बिटक्वाइन, सामाजिक संजालमा अधिक फलोअर जुटाउने वा निशुल्क इन्टरनेट कनेक्सन दिने भन्दै आकर्षित गर्ने

यो भाइरस हालै इसेटका सेक्योरिटी एक्सपर्टले पहिचान गरेका हुन् । जसले यूजरलाई आकर्षित गर्नको लागि विभिन्न अफरहरु दिन्छ र सोमार्फत मोबाइलमा डाउनलोड हुने गर्दछ ।

यो भाइरस एक एप्लिकेसनको रुपमा आउँछ र मोबाइल यूजरलाई फ्री बिटक्वाइन, सामाजिक संजालमा अधिक फलोअर जुटाई दिने वा निशुल्क इन्टरनेट कनेक्सन दिने भन्दै आकर्षित गर्ने गर्दछ ।

भाइरसले कयौं किसिमको जासुसी गर्दछ, जसमा टेक्स्ट म्यासेज तथा कन्ट्याक्टसलाई इन्टरसेप्ट गर्नुका साथै टेक्स्ट म्यासेज पठाउने र कल गर्ने समावेश छ । यस बाहेक यसले अडियो र स्क्रीनको रेकर्डिंग गर्दछ भने यूजरको डिभाइसको लोकेशन ट्रयाक गर्दछ

इसेटका सेक्योरिटी एक्सपर्ट लुकास स्टेफान्कोले ब्लगमार्फत जानकारी दिँदै यो भाइरस जून मोबाइलमा जान्छ, त्यसमा डाटा चोरी हुन्छ, र त्यसलाई एउटा बटको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । ह्याकरहरुले टेलीग्राम एपका प्रयोग गरेर यसलाई संचालन गर्ने गर्दछन् ।

उनकाअनुसार यो भाइरस कहाँबाट उत्पन्न भएको भन्ने अझै स्पष्ट हुन सकेको छैन, र यो भाइरस सिह्यासबाट विकास गरिएको छ ।

यो भाइरसले कयौं किसिमको जासुसी गर्दछ, जसमा टेक्स्ट म्यासेज तथा कन्ट्याक्टसलाई इन्टरसेप्ट गर्नुका साथै टेक्स्ट म्यासेज पठाउने र कल गर्ने समावेश छ । यस बाहेक यसले अडियो र स्क्रीनको रेकर्डिंग गर्दछ भने यूजरको डिभाइसको लोकेशन ट्रयाक गर्दछ ।

यो भाइरसले सबै प्रकारको एन्ड्रोयड भर्सनमा काम गर्दछ जसले डिभाइस एडमिनिस्ट्रेटरको रुपमा डिभाइसलाई नियन्त्रण गर्दछ । जसमा डिभाइसको सबै डाटा हराउनु, स्क्रीन लक, पासवर्ड परिवर्तन, र पासवर्ड परिवर्तनको नियमलाई फरक बनाउने गर्दछ ।

हिरोर्याट मालवेयरले असर पारेको डिभाइस यूजरसँग २५ अमेरिकी डलरदेखि १०० अमेरिकी डलरसम्म भुक्तानीको माग गर्दछ ।

ध्यान दिनुपर्ने विषय

यस्तो किसिमको एन्ड्रोयड मालवेयरबाट बच्नको लागि गूगल प्लेको आधिकारिक स्टोरबाट मात्र एपहरु डाउनलोड गर्ने गर्नुपर्दछ । कुनैपनि एप डाउनलोड गर्नुपहिले सो एपको बारेमा रिभ्यू हेरेर मात्र डाउनलोड गर्नुपर्दछ । त्यस्तै कुनैपनि एप डाउनलोड गरेपछि त्यो चलाउँदा तपाईँको डिभाइसमा कति एक्सेस दिने भन्ने विषयमा पनि ध्यान दिनुपर्दछ ।

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: १३ असार २०७५, बुधबार