तपाईं नेपाल टेलिकमको सेवाग्राही हो भने नकिन्नुहोस् सामसंगका यी स्मार्टफोनहरु

Technology Khabar १२ असार २०७५, मंगलवार

तपाईं नेपाल टेलिकमको सेवाग्राही हो भने नकिन्नुहोस् सामसंगका यी स्मार्टफोनहरु

काठमाडौं । तपाईँ नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरिरहनुभएको छ भने तपाईँले सामसंगको हालै मोबाइल फोनमा दिएको अफर गुमाउनुपर्ने भएको छ ।

यो सहि हो सामसंगका स्मार्टफोन खरिदकर्ताहरु यदि नेपाल टेलिकमका सेवाग्राही रहेछन भने उनीहरुले केहि अफरहरु गुमाउनुपर्ने भएको छ ।

नेपाली बजारमा सामसंग ब्राण्ड अझैपनि लोकप्रिय मोबाइल ब्राण्डको रुपमा रहेको छ । नेपालमा ६० प्रतिशतभन्दा बढि बजार हिस्सा ओगटेको दाबी गर्दै आएको कम्पनीले हालै सार्वजनिक गरेको एक योजनामा नेपाल टेलिकमका सेवाग्राहीहरुका लागि निराश बनाउने अफर ल्याएको हो ।

सामसंगले यहि आइतवार मात्र विभिन्न मोडलका स्मार्टफोन किन्दा डाटा सित्तैमा दिने योजना ल्याएको छ । यो योजनामा कम्पनीले नेपाल टेलिकमका ग्राहकहरुका लागि भने कुनै अफर दिएको छैन् । जसमा सामसंग स्मार्टफोन खरिदकर्ता एनसेल प्रयोगकर्ता हो भने उसले फाईदा पाउनेछ ।

सामसंगले ‘डाटाको मज्जा नाममा’ सार्वजनिक गरेको योजनामा सामसंगका ग्यालेक्सी डिभाइसहरुको खरिदमा फ्रि प्रोमोसन डाटा पाईने उल्लेख छ । तर यो सुविधा भने एनसेलसँग मिलेर ल्याएको छ ।

जसमा सामसंगको जे वान नेक्स्ट प्राइम, ग्यालेक्सी जे टु, ग्यालेक्सी जेटू एस, ग्यालेक्सी जे टू प्रो, ग्यालेक्सी जे २ २०१८ र ग्यालेक्सी ट्याब थ्रीमा एनसेलको ३००० एमबी डाटा अर्थात २५० एमबी प्रति साता १२ हप्तासम्म प्रयोग गर्न पाईनेछ ।

त्यस्तै ग्यालेक्सी अन सेभेन प्रो, ग्यालेक्सी जे सेभेन नेक्स्ट, ग्यालेक्सी जे सेभेन नेक्स्ट ३२ जीबी, ग्यालेक्सी अन नेक्स्ट, ग्यालेक्सी जे सेभेन म्याक्स, ग्यालेक्सी जे सेभेन प्राइम टू, ग्यालेक्सी जे सेभेन डूओ, ग्यालेक्सी ट्याब ए र ग्यालेक्सी ट्याब ईमा एनसेलको ४२०० एमबी अर्थात ३५० एमबी प्रति महिना १२ महिनासम्म प्रयोग गर्न सकिनेछ ।

त्यस्तै ग्यालेक्सी जे सेभेन प्रो, ग्यालेक्सी ए सिक्स, ए सिक्स प्लस र ग्यालेक्सी ट्याब ए २०१७मा भने एनसेलको ६००० एमबी डाटा ५०० एमबीको दरले १२ सातासम्म प्रयोग गर्न सकिनेछ ।

एनसेलको वेबसाइटमा राखिएको डाटाको शुल्कको आधारमा यी डाटा प्याक सामान्यरुपमा किन्दा भने कम्तिमा ८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । अर्थात नेपाल टेलिकमको सेवाग्राही हो भने सामसंगका डिभाइस किन्दा तपार्इले त्यति मूल्य बराबर गुमाउनुपर्नेछ ।

तपाईँले सामसंगको यो अफर नेपाल टेलिकमका सेवाग्राहीले प्राप्त गर्छन वा गर्दैनन भनेर कम्पनीमा फोनमार्फत जानकारी माग गर्नुभयो भने पनि कम्पनीका कर्मचारीले सामसंगको स्मार्टफोन किनेर त्यसको बिल देखाएर एनसेलको सिम लिनका लागि सुझाव समेत दिनेछन् ।

त्यसैले तपाईँ पनि नेपाल टेलिकमको सेवा प्रयोग गरिरहनुभएको छ भने तपाईँले सामसंगका यी उल्लेखित स्मार्टफोन किन्दा डाटाको कुनै सुविधा पाउनुहुनेछैन् । यसको अर्थ नेपाल टेलिकमका सेवाग्राहीहरु सामसंगको पहिलो प्राथमिकतामा छैनन भन्दा कुनै फरक पर्दैन् ।

प्रकाशित: १२ असार २०७५, मंगलवार

Comments are closed.

Loading...