वनप्लस सिक्स किन्दै हुनुहुन्छ ? त्यसो भए पहिले यी समस्याबारे पढ्नुहोस्

Technology Khabar १० असार २०७५, आईतवार

वनप्लस सिक्स किन्दै हुनुहुन्छ ? त्यसो भए पहिले यी समस्याबारे पढ्नुहोस्

काठमाडौं ।

काठमाडौं । वनप्लसको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस सिक्स (OnePlus 6) शटडाउन हुने समस्या देखिएको छ । वनप्लस सिक्समा कम्पनीले दिएको नयाँ अपडेटपछि विभिन्न समस्याका साथमा आफैं फोन बन्द हुने समस्या आएको छ ।

कम्पनीले वनप्लस यूजर्सका लागि ओटीए अपडेट दिएपछि यस्तो समस्या आएको हो । कम्पनीले हालै वनप्लस सिक्स, वनप्लस फाइभ, थ्री, थ्रीटीमा अपडेट दिएको थियो । अपडेटमा फोनमा विभिन्न बग्सको समस्या समाधान गरिएको र कयौं फीचर राखेको बताईएको थियो ।

तर अपडेटपछि कयौं प्रयोगकर्ताहरुले वनप्लस कम्पनीलाई फोन शट डाउन हुने विषयको गुनासो गरेका छन् । जसमा अपडेटपछि वनप्लस सिक्समा ब्याट्री छिटो सकिने समस्या आएको छ । यो समस्या अक्सिजन ओएस ५.१.६ र ५.१.८ मा फोनलाई अपडेट गरेपछि खुलासा भएको हो ।

त्यस्तै अर्को समस्या पनि देखिएको छ । वनप्लस सिक्स फोनमा ५० प्रतिशत ब्याट्री भएपनि फोन आफैं बन्द हुने गरेको छ ।डिभाइसलाई चार्जमा लगाएपछि डिभाइसले काम गरेपनि यूजरहरुले समस्या भोगिरहेका छन् । फोनको क्यामरा फ्रीज हुने समस्या पनि सँगसँगै आईरहेको छ ।

वनप्लस सिक्समा मात्र नभई वनप्लस थ्री र थ्रीटीमा पनि ब्याट्रीको समस्या आएको छ । यहाँ फोनमा १५ प्रतिशत ब्याट्रि भएपनि फोन आफसेआफ बन्द भएको छ ।

वनप्लसले यूजरको समस्यालाई समाधान गर्न कुनै कदम नचालेको हुँदा प्रयोगकर्ताहरु निराश भएको बर्ताइएको छ । तर कम्पनीले यी समस्याहरुको समाधान गर्न अपडेट ल्याउने अपेक्षा भने गरिएको छ।

माध्यम

easy care

प्रकाशित: १० असार २०७५, आईतवार