Technology Khabar १० असार २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । सामसंगले फोल्ड गर्न मिल्ने स्मार्टफोन बनाईरहेको समाचारका बिच अब दक्षिण कोरियाली टेक कम्पनीले ड्यूल डिस्प्ले भएको स्मार्टफोन बनाउने तयारी गरिरहेको छ ।
कम्पनीले बनाउने ड्यूल डिस्प्ले स्मार्टफोनमा फ्रन्टमा फुल साइजको डिस्प्ले हुनेछ भने त्यसको पछाडिको भागमा पनि छुट्टै डिस्प्ले हुनेछ ।
सामसंगले दुबैभागमा डिस्प्ले राख्ने स्मार्टफोनको पेटेन्ट हालै दर्ता गरेको छ । कम्पनीद्धारा फाइल गरिएको पेटेन्टमा आइफोन एक्स जस्तो फ्रन्टमा बेजेल लेस स्क्रीन हुनेछ भने यसको पछाडिको भागमध्ये आधा भागमा दोस्रो स्क्रीन हुनेछ ।
यस्तो स्मार्टफोनमा रियर क्यामरा तथा फ्ल्याश सेटअप फोनको टपलेफ्ट कर्नरमा राखिनेछ ।
यस्तो स्मार्टफोन सामसंगले पहिलो पटक बनाउन लागेपनि यो कुनै नयाँ आइडिया भने होईन् । यसअघि एलजीले पनि आफ्नो फोनमा मूख्य स्क्रीनको माथि टिकर डिस्प्ले सहितको स्मार्टफोन बनाएको थियो ।
त्यस्तै चिनियाँ स्मार्टफोन कम्पनी मेजूले पनि आफ्नो मेजू सेभेन स्मार्टफोनमा यस्तै डिजाइनमा ब्याकसाइडमा सेकेण्डरी स्क्रीन राखेको थियो ।
प्रकाशित: १० असार २०७५, आईतवार