एसइइको रिजल्ट इसेवाबाट हेर्न सकिने

Technology Khabar १० असार २०७५, आईतवार

एसइइको रिजल्ट इसेवाबाट हेर्न सकिने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा छिटो र सजिलो तरिकाबाट इसेवामा हर्न सकिने भएको छ । परीक्षार्थीहरुले इसेवाको मोबाईल एप्स् र वेवसाइट मार्फत् देशभर रहेका इसेवाका जोन तथा पोइन्टबाट तुरुन्तै सजिलोसँग नतिजा हेर्न सक्ने छन् ।

परिक्षार्थीहरुलाई सहज तरिकाले नतिजा जानकारी गराउन यो सुविधा ल्याएको इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

परीक्षार्थीले इसेवाको मोबाईल एप्लिकेशनबाट रिजल्ट हेर्न सक्नेछन् । यस्तै https://results.esewa.com.np लगअन गरेर पनि रिजल्ट हेर्न सकिनेछ । इसेवाले पहिलोपटक एसइइको रिजल्ट हेर्न सकिने व्यवस्था गरको हो ।

मुलुकभर जुनकुनै ठाउँमा भएका विद्यार्थीले घरमै बसेर मोबाइलबाटै पनि रिजल्ट हेर्न सक्ने लामिछानेले बताए ।

‘परिक्षार्थीहरूले इसेवामार्फत् सहजै नतिजा प्राप्त गर्न सकुन् भन्ने उद्धेश्यले यो सेवा दिएका हौँ । इसेवाका साथै हाम्रा मुलुकभर रहेका करिब ३५ हजार जोन तथा पोइन्टबाट पनि सहजै रिजल्ट थाहा पाउन सकिन्छ,’ उनले भने ।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुईसय भन्दा बढी सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: १० असार २०७५, आईतवार