६० लाख भन्दा बढि स्मार्टफोनमा ह्वाट्सएप नचल्ने, तपाईँको पनि पर्यो की

Technology Khabar ८ असार २०७५, शुक्रबार

६० लाख भन्दा बढि स्मार्टफोनमा ह्वाट्सएप नचल्ने, तपाईँको पनि पर्यो की

काठमाडौं । ह्वाट्सएप निकै लोकप्रिय मेसेजिंग तथा च्याटिंग एपको रुपमा परिचित छ । विश्वभर करिब ५० करोड मानिसहरुले ह्वाट्सएप चलाउने गर्दछन् । नेपालमा पनि ह्वाट्सएपका प्रयोगकर्ताहरुको संख्या राम्रै रहेको छ । तर अब भने पुरानो फोन प्रयोग गर्नेहरुले भने ह्वाट्सएप (WhatsApp) चलाउन पाउने छैनन् ।

 

ह्वाट्सएपले हालै एक घोषणामार्फत पुरानो आइफोन र एन्ड्रोयड स्मार्टफोनहरुबाट आफ्नो सपोर्ट हटाउने बताएको छ । कम्पनीकाअनुसार सन् २०२० फरवरी १ तारिखदेखि पुरानो अपरेटिंग सिस्टम चलाउने स्मार्टफोनमा इन्ट्यान्ट मेसेजिंग एपको सर्भिस प्रयोग गर्न पाउनेछैनन् ।

एन्ड्रोयड भर्सन २.३.७ वा त्यो भन्दा तलको अपरेटिंग सिस्टम र आइओएस ७.० भर्सन भन्दा तलका आइफोनहरुमा ह्वाट्सएप नचल्ने

कम्पनीले हालै आफ्नो ब्लगपोष्टको माध्यमबाट ह्वाट्स एप चलाउन नसकिने स्मार्टफोनहरुका लिस्ट समेत सार्वजनिक गरेको छ ।

ती स्मार्टफोनहरु जसमा एन्ड्रोयड भर्सन २.३.७ भन्दा तलको अपरेटिंग सिस्टम प्रयोग भएको छ ती फोनहरुमा ह्वाट्सएपको सपोर्ट हटाउने छ । त्यस्तै आइओएस ७.० भर्सन भन्दा तलका आइफोनहरुमा पनि ह्वाट्सएप नचल्ने जानकारी दिएको छ । यसका साथै नोकिया एस ४० पनि सो लिस्टमा राखिएको छ ।

गूगलकाअनुसार विश्वमा अझैपनि ०.३ प्रतिशत एन्ड्रोयड डिभाइसमा २.३.७ भन्दा तलको ओएस प्रयोग भईरहेको छ । यो आधारमा हेर्दा लगभग ६० लाख स्मार्टफोनहरुमा ह्वाट्सएप सपोर्ट बन्द हुनेछ । यी डिभाइसहरुमा यूजरले आफ्नो ह्वाट्सएपको नयाँ एकाउन्ट बनाउन सक्दैनन तर ती फोनहरुमा हाल ह्वाट्सएप छ भने सर्भिस सो अवधिसम्म भने प्रयोग गर्न सक्नेछन् ।

अघिल्लो वर्षपनि ह्वाट्सएपले विण्डोज फोन ८.०, ब्लाकबेरी, नोकिया सिंबियनलगायतका केहि स्मार्टफोन सिस्टममा ह्वाट्सएप सपोर्ट बन्द गरेको थियो ।

प्रकाशित: ८ असार २०७५, शुक्रबार

Comments are closed.

Loading...