चार्जमा राखेको स्मार्टफोन पड्किएर आगो लाग्दा एक कम्पनीका सिईओको मृत्यु

Technology Khabar ७ असार २०७५, बिहीबार

चार्जमा राखेको स्मार्टफोन पड्किएर आगो लाग्दा एक कम्पनीका सिईओको मृत्यु
प्रतिकात्मक फोटो

काठमाडौं ।

काठमाडौं । पछिल्ला दिनहरुमा स्मार्टफोन पड्किएर मानिस घाईते हुने वा मृत्यु हुने समाचारहरु आई नै रहेका छन् । यसैबीच स्मार्टफोन पड्किएर फेरी एक जनाको मृत्यु भएको छ । स्मार्टफोन पड्केर मृत्यु भएको घट्ना भने मलेशियाको हो।

स्मार्टफोन पड्किँदा मलेशियामा क्रेडल फण्ड कम्पनीका सिईओ नाजरीन हसनको मृत्यु भएको छ । उनको स्मार्टफोन चार्जिंग भईरहेको बेलामा पड्किएको बताईको छ ।

क्रेडल फण्ड मलेशियाको वित्त मन्त्रालय अन्तरगतको कम्पनी हो जसले टेक स्टार्टअप्सलाई सहयोग गर्ने गर्दछ ।

रिपोर्टकाअनुसार हसनले ब्ल्याकबेरी र ह्वावेको स्मार्टफोन प्रयोग गर्ने गर्दथे, जुन उनको बेडरुममा एकै पटक चार्जिंगमा राखिएको थियो भने सो चार्ज गरिएको स्मार्टफोन उनको बेडमा नै राखिएको थियो ।

उनी सुतिरहेको बेला अचानक जोडले स्मार्टफोन ब्लास्ट भयो र फोनमा लागेको आगो उनी सुतेको बेडमा सल्किएको थियो । बेड आगोले खरानी भएको रिपोर्टमा उल्लेख छ।

हसनका परिवारकाअनुसार स्मार्टफोन पड्किँदा निस्किएको सामान उनको टाउकोको पछाडिको भागमा लागेको थियो । त्यसपछि उनलाई अट्याक आएपछि उनको मृत्यु भएको छ । तर हालसम्म कुन स्मार्टफोन पड्किएको हो भन्ने थाहा हुन सकेको छैन् ।

उता प्रहरीले उनको मृत्युको कारण कोठामा फैलिएको धुवाँ भएको, जसमा निसास्सिएर उनको मृत्यु भएको बताएको छ। उनको शरिरमा चोट र आगोले जलेको दाग भने देखिएको बताईएको छ ।

उनी आफैंपनि प्रविधि विज्ञ रहेको बताईएको छ ।

क्रेडल फण्डले भने मृतकको पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण स्मार्टफोन ब्लास्टपछि भएको चोटले भएको उल्लेख गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएकोछ ।

माध्यम स्रोत

Global Bank
easy care

प्रकाशित: ७ असार २०७५, बिहीबार

ताजा समाचार