मिसकल गर्नुस्, सनराइज बैंकको बैकिङ्ग सेवा लिनुस्

Technology Khabar ७ असार २०७५, बिहीबार

मिसकल गर्नुस्, सनराइज बैंकको बैकिङ्ग सेवा लिनुस्

काठमाडौं ।

काठमाडौं । सनराइज बैंक लिमिटेडले मिसकल बैकिङ्ग सेवा शुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखि उक्त सेवा शुरु गरेको हो ।

सो सेवा अन्तर्गत ग्राहकले आफुलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिनको लागि बैंकले तोकेका फोन नम्वरहरुमा मिसकल गरी सेवा प्राप्त गर्न सकिने जानकारी दिएको छ।

बैंकको ९८५११४७२७३ नं मा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दात(ब्यालेन्स)को जानकारी, ९८५१११७२७२नं मा मिसकल गरी १०० रुपैयाँ बराबरको मोवाईलमा रिचार्ज (टपअप) गर्ने सुविधा, ९८५१११७२७५नं मा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी(मिनि स्टेटमेन्ट) र ९८५११८७२७४ नं मा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाको बारेमा जानकारी लिन सकिने बैंकले उल्लेख गरेको छ।

सुविधा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्राहकहरुसँग स्मार्ट फोन नभएता पनि उक्त सेवा लिन सकिने बैंकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ७ असार २०७५, बिहीबार

ताजा समाचार