इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने अब भिडियो पनि अपलोड र शेयर गर्न गर्नुस्

काठमाडौं । फोटो सेयरिंग एप इन्स्टाग्रामका प्रयोगकर्ताहरु १ अर्ब भन्दा बढि भएका छन् । फेसुबकद्धारा अधिग्रहण गरिएको इन्स्टाग्राममा हाल १ अर्ब भन्दा बढि प्रयोगकर्ताहरु मासिकरुपमा प्रयोग गर्ने गरेको कम्पनीले जानकारी दिएको छ ।

गत वर्षको सेप्टेम्बरसम्म इन्स्टाग्राममा ८० करोड प्रयोगकर्ताहरु थिए भने करिब १० महिनाभित्रै कम्पनीले २० करोड प्रयोगकर्ता बढाएको हो ।
इन्स्टाग्राममा सबैभन्दा धेरै प्रयोगकर्ताहरु कुन देशबाट छन भन्ने जानकारी नदिएपनि कम्पनीले सबैभन्दा धेरै प्रयोगकर्ता ग्रोथ स्टोरीबाट पाएको थियो ।

इन्स्टाग्राममा १ अर्ब भन्दा धेरै प्रयोगकर्ता भएको अवसरमा कम्पनीले नयाँ फीचर थप गरेको छ । कम्पनीले हाल इन्स्टाग्राम टेलिभिजन थप गरेको हो जसलाई आइटिभीको रुपमा लन्च गरिएको हो ।

यो फीचर अन्तरगत प्रयोगकर्ताहरुले आफ्ना भिडियोहरु अपलोड गरेर शेयर गर्न सक्नेछन् । यसअघि १ मिनेटको मात्र भिडियो अपलोड गर्न पाईनेमा हाल असिमित अवधिको भिडियो समेत राख्न सकिने छ । कम्पनीले सो फीचरलाई इन्स्टाग्रामको मोबाइल एपबाट छुटै राखेर एपको रुपमा विकास गरेको छ भने अपलोड गरिएका भिडियोहरु हेर्दा अटोमेटिक संचालन हुनेछन् ।

इन्स्टाग्रामकाअनुसार यसमा कुनै अन्य कन्टेन्ट चलाईने छैन भने कुनै विज्ञापन पनि देखाईने छैन् ।

तपाई पनि आफ्नो एन्ड्रोयड स्मार्टफोनमा इन्स्टाग्राम एप डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

आफ्नो एन्ड्रोयड स्मार्टफोनमा इन्स्टाग्रामको आईजीटिभी एप डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।