सिजी ब्रान्डका टिभीहरुको बिक्री विश्वकप फुटबलले बढायो

काठमाडौं । विश्वकप फुटबलको सुरुवातसँगै सिजी ब्रान्डका टिभी हरुको विक्री बढेको कम्पनीले जानकारी दिएको छ ।

विश्वकपले गर्दा २० इन्च माथी विभिन्न साईजको टेलिभिजनहरु रहेको ब्रान्डले ग्राहकहरुको चासो बढेको जानकारी दिएको छ ।

यसका साथै कम्पनीले टिभीको बिक्री बढ्नुमा हालै राखिएको स्किम र यसको आकर्षक एवं गुणस्तरयुक्त प्रोडक्ट पनि रहेको अनुमान लगाएको छ ।

विश्वकपलाई लक्षित गरि कम्पनीले हालै आफ्ना ग्राहकहरुलाई टिभी खरिद गरे बापत ३० प्रतिशत सम्म नगद छुट दिने व्यबस्था मिलाएको छ ।

कम्पनीले टिभी खरीदमा पक्का उपहारहरु र टिभी खरिद गर्ने ग्राहकहरुमध्येबाट प्रत्येक हप्ता भाग्यशाली विजेता १ जनालाई सिजीको अाकर्षक १ थान अर्को टिभी प्रदान गरिने कम्पनीले जनाएको छ ।