Technology Khabar ६ असार २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । मोबाइल कम्पनी ओपोले लोकप्रिय ब्राजिलियन फूटबलर नेयमारसंग ओपो फ्रेण्डका रुपमा सहकार्यको घोषणा गरेको छ ।
यस सहकार्यसंगै कन्टेष्ट अवधिभर नेयमारलाई ओपो मोबाइल्सको प्रमोशन गरिरहेको देख्न सकिनेछ । यस अघिपनि ओपोले आफ्नो एफसी बार्सिलोना एडिशनको प्रबद्र्धनका लागि नेयमारसंग सहकार्य गरिसकेको छ ।
नेपालमा आर्टिफिसियल ईन्टेलिजेन्स २.० लाई सेल्फी फिचरका रुपमा भित्र्याउने ओपो नै पहिलो स्मार्टफोन ब्राण्ड भएको र सो प्रविधिले वैश्विक डाटाबेस मार्फट २ सय ९६ फेसियल टच प्वाइन्ट्सको माध्यमबाट अनुहारको आकार तथा विशेषताको पहिचान गर्ने क्षमता राख्ने कम्पनीको भनाई छ ।
प्रकाशित: ६ असार २०७५, बुधबार