जनरल ईन्स्योरेन्स कम्पनी नेपालद्धारा कारोवार शुरु

Technology Khabar ६ असार २०७५, बुधबार

जनरल ईन्स्योरेन्स कम्पनी नेपालद्धारा कारोवार शुरु

काठमाडौं ।

काठमाडौं । नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधबारदेखि कारोबार शुरु गरेको छ ।

कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृतिप्राप्त गरेपछि असार ६ गते कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं हात्तिसारबाट एक औपचारिक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष कुनाल क्यालले कार्यालय समेत उद्घाटन गरे ।

कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने कम्पनीको चुक्तापुँजी १अर्ब रुपैयाँ रहेको छ । नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था तथा प्रतिष्ठित व्यापारिक घरानासमेतको लगानी रहेको कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर समेत जारी गर्ने योजना रहेको छ ।

कम्पनीमा महाप्रबन्धकको रुपमा एस के तमोट रहेको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ६ असार २०७५, बुधबार