‘टम्बो’ मोबाइल ब्राण्ड नेपालमा भित्रँदै, किनेको २०० दिन भित्र फोन बिग्रे ‘रिप्लेसमेन्ट’ को सुबिधा

अनुज राज

काठमाडौं । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड प्रवेश गर्ने तयारीमा रहेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो (Tambo) नेपाली बजारमा आउन लागेको हो ।

टम्बोले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो, जून अब नेपाली बजारमा पनि उपलब्ध हुन लागेको हो ।
नेपाली बजारमा टम्बो मोबाइल ब्राण्ड एपेक्स ग्रुपले ल्याउन लागेको हो । सो ग्रुपले छुटै कम्पनी शंकराचार्य मोबाइल प्रालिबाट टम्बो ब्राण्डका मोबाइलहरु आयात तथा बिक्री गर्ने छ।

कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा उतार्ने छ।

सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि उपलब्ध हुनेछ, यसको अर्थ फोन किनेको २०० दिनभित्र कुनै समस्या आएमा कम्पनीले फेरिदिनेछ ।

‘कम्पनीले असार महिनामै टम्बो मोबाइल नेपाली बजारमा उपलब्ध गराउनेछ, यो ब्राण्ड नेपाली बजार अध्ययन गरेर ल्याउन लागिएको हो, यसलाई उत्कष्ट ब्राण्डको रुपमा बढाउनेछौं,’ कम्पनीका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा मोबाइल्सखबरसँग भने ।

उनकाअनुसार कम्पनीले नेपालको फीचर फोन बजारलाई ध्यान दिएर फोन ल्याउनेछ भने बजेट सेगमेन्टका स्मार्टफोनहरु समेत उपलब्ध गराउनेछ ।

फोन किनेको ३६५ दिनभित्र डिस्प्ले बिग्रेमा नयाँ डिस्प्ले निशुल्क उपलब्ध गराउनेछ ।

कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउन लागेको हो । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी गरेको छ, जून सस्तो मुल्यमा आउने बताईएको छ । हाल यी फोनहरुको स्याम्पल सेट कम्पनीले परिक्षणको लागि ल्याएको छ ।

टम्बो ब्राण्डका यी फोनहरुको सबैभन्दा मुख्य विशेषता भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि उपलब्ध हुनेछ, यसको अर्थ फोन किनेको २०० दिनभित्र कुनै समस्या आएमा कम्पनीले फेरिदिनेछ ।

त्यस्तै टम्बोका सबै फोनहरुमा ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट सुविधा कम्पनीले दिनेछ, जसमा फोन किनेको ३६५ दिनभित्र डिस्प्ले बिग्रेमा नयाँ डिस्प्ले निशुल्क उपलब्ध गराउनेछ ।

टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुनेछ भने स्मार्टफोनहरु नेपालीहरुका लागि सूपथ मूल्यमा आउने ती अधिकारीले जानकारी दिए छ ।

टम्बोका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् ।

यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् ।

टम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइल(Agaston Mobile) ले चीनियाँ ओईएम कम्पनीसँगको जोइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्राण्ड हो ।

कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको फ्याक्ट्रिबाट यो ब्राण्डका मोबाइल फोन उत्पादन गर्ने गर्दछ। टम्बो ब्राण्ड यसअघि आइटेल मोबाइललाई भारतमा भित्र्याउने श्रेय पाएका सुधिर कुमारको कम्पनीअन्तरगत रहेको छ ।