ट्रिपल क्यामरा भएको ह्वावे पी २० प्रो नेपाली बजारमा, ६ जीबी र्याम र फूल भ्यू डिस्प्ले

Technology Khabar ५ असार २०७५, मंगलवार

ट्रिपल क्यामरा भएको ह्वावे पी २० प्रो नेपाली बजारमा, ६ जीबी र्याम र फूल भ्यू डिस्प्ले
Classic Tech

काठमाडौं । ह्वावेको नयाँ स्मार्टफोन ह्वावे पी २० प्रो (Huawei P20 Pro) नेपालमा उपलब्ध भएको छ । पेरिसको बजारमा सार्वजनिक गरिएको ह्वावे पी २० प्रो स्मार्टफोनमा विश्वकै पहिलो लाइका ट्रिपल क्यामरा Leica Triple Camera जडान गरिएको छ।

ह्वावे पी सिरिजको यो सबैभन्दा नयाँ स्मार्टफोनले मोबाईल फोटोग्राफीको सिर्जनात्मकतालाई थप उचाईमा पु¥याउने कम्पनीले विश्वास लिएको छ । यसअघि नेपाली बजारमा लाइका ड्यूल क्यामरा सहितको पी २० स्मार्टफोन भित्र्याइएको थियो।

लाइका ट्रिपल क्यामरा मा भएको लाइका कलर टेम्पेरेचर सेन्सरका कारण ह्वावे पी २० प्रो जुनसुकै वातावरणमा पनि प्रकाश र रङहरू कैद गरी त्यसको सुन्दर सम्मिश्रण तयार गर्न सक्ने कम्पनीको दाबी छ । फोनमा ४० मेगापिक्सेलको आरजीबी क्यामरा सेटअप छ भने २० मेगापिक्सेलको मोनोक्रोम सेन्सर र टेलिफोटो लेन्ससहितको ८ मेगापिक्सेलको अर्को सेन्सर राखिएको छ।

फोनमा जडान गरिएको एआई ईमेज स्टेबलाईजेसन फिचरका कारण कम प्रकाश भएको ठाउँमा हात हल्लिदा पनि धमिलो तस्वीर आउँदैन ।यसका लागि ट्राइपोडको पनि आवश्यकता पर्दैन । फोनलाई नाइट मोडमा राखे पुग्छ । यसमा स्लो मोसनमा भिडियो खिच्नका लागि सूपर स्लो मोसन पनि छ । यो स्मार्टफोनमा एक सेकेन्डमा ९६० फ्रेमहरू कैद गर्न सक्ने विशेषता रहेको छ ।

फोनमा सेल्फीका लागि २४ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ, जसमा आर्टिफिसियल इन्टेलिजेन्सयुक्त थ्रीडी फेसियल मोडलिंग प्रविधिले तपाईंको अनुहारको बनौटअनुरुप अद्भूत सेल्फीहरू निकाल्न सक्ने कम्पनीको दाबी छ।

ह्वावे पी २० प्रोमा ६.१ इन्चको ओएलईडी एफएचडी फूल भ्यू डिस्प्ले छ भने यसको लागी ४,००० एमएएचको पावरयुक्त ब्याट्री राखिएको छ ।

कम्पनीको आफ्नै प्रोसेसर हि-सिलिकन किरिन ९७० राखिएको फोनमा ६ जीबीको र्याम तथा १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

एन्ड्रोयड ८.१ भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोन कालो र गाढा निलो रंगका साथै ट्वीलाइट र सुनौलो–गुलाबी रङमा पनि उपलब्ध छ।

यो स्मार्टफोनको मूल्य नेपालमा ९९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: ५ असार २०७५, मंगलवार

Loading...