आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

Technology Khabar ५ असार २०७५, मंगलवार

आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

काठमाडौं ।

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको १ सय रुपैयाँ अंकित दरका साठी लाख कित्ता साधारण शेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केटलाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

उक्त शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्नका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका तर्फका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरे ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २ अर्व रुपैयाँ कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।

कम्पनीले २०७४ भदौ १ गतेदेखि कारोवार शुरु गरी हालसम्म मुलुकभर ५० शाखा उपशाखा मार्फत वीमा सेवा प्रदान गर्दै आएको छ ।

Global Bank
easy care

प्रकाशित: ५ असार २०७५, मंगलवार

ताजा समाचार