मोबाइल फोनबाटै एसईईको रिजल्ट हेर्न सकिने, यी हुन् एसएमएस, आइभीआर र वेबसाइटहरु

Technology Khabar ४ असार २०७५, सोमबार

मोबाइल फोनबाटै एसईईको रिजल्ट हेर्न सकिने, यी हुन् एसएमएस, आइभीआर र वेबसाइटहरु

काठमाडौं ।

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसईई परीक्षाको नतिजा केहि दिनमा प्रकाशित गर्ने तयारी गरिरहेको छ ।

भक्तपुर, सानोठिमीमा रहेको कार्यालयले सार्वजनिक गर्ने एसईई परीक्षाको नतिजा अब सहजरुपमा मोबाइल, वेवसाइटबाट हेर्न सकिने भएको छ । एसईई परीक्षाको नतिजा अब परिक्षार्थीले घरबसेर नै मोबाइल फोन, ट्याबलेट वा कम्प्यूटरमार्फत हेर्न सक्ने भएको छ।

एसईईको परीक्षाको नियमित र एक्जाम्टेड परीक्षाको नतिजा सम्बन्धी बिवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित हुने कार्यालयले जानकारी दिएको छ। यसको लागि विभिन्न संस्थाहरुको छुट्टाछुट्टै एसएमएस सर्टकोड र वेबसाइटहरुको नाम प्रकाशित गरेको छ ।

यसको लागि एसएमएस र आईभीआर तर्फ ९ वटा कम्पनी र वेबसाइटतर्फ १६ वटा कम्पनीहरुको नाम सार्वजनिक भएको छ । यी कम्पनीहरुमध्ये नेपाल टेलिकमले मात्र आईभीआर प्रविधिबाट एसईई परीक्षाको नतिजा दिनेछ ।

जसमा नेपाल टेलिकम, एनसेलदेखि एफवानसफ्ट कम्पनीसम्मले नतिजा हेर्ने सुविधा दिनेछन्। त्यस्तै वेबसाइटतर्फ भने सरकारी शिक्षा निकायका वेबसाइटसहित निजी क्षेत्रका कम्पनीहरुको वेबसाइट समेत रहेको छन्।

हेरौं कुन कम्पनीबाट कसरी एसईईको नतिजा हेर्न सकिन्छ ।

Global Bank
easy care

प्रकाशित: ४ असार २०७५, सोमबार