सामसंग क्रोमबुक प्लस भी २ ल्यापटप नयाँ प्रोसेसरका साथमा,

Technology Khabar ३ असार २०७५, आईतवार

सामसंग क्रोमबुक प्लस भी २ ल्यापटप नयाँ प्रोसेसरका साथमा,

काठमाडौं । सामसंगले आफ्नो क्रोमबुक प्लस ल्यापटपको नयाँ भेरिएन्ट बजारमा ल्याउन लागेको छ । कम्पनीले सेकेण्ड जेनेरेशनको क्रोमबुक प्लसको प्रोसेसरमा एउटा नयाँ परिवर्तन गर्न लागेको अनुमान गरिएको छ ।

सामसंगको सो क्रोमबुकमा रकचिपद्धारा बनाएको एआरएममा आधारित ओपी वन चिपसेटको साटो इन्टेल सेलेरोन चिपसेट प्रयोग हुनेछ । यसका साथमा नयाँ ल्यापटपमा १३ मेगापिक्सेलको रियर क्यामरा पनि राखिनेछ ।

यो ल्यापटप यसअघिको भेरिएन्ट भन्दा निकै शक्तिशाली ल्यापटपको रुपमा आउनेछ भने इन्टेल कोर सिरिजको प्रोसेसर प्रयोग हुनेछ। क्रोमबुक प्लसमा अधिक उर्जा बचत गर्ने प्रविधि प्रयोग गरिनेछ। एआरएममा आधारित प्रोसेसर साना डिभायसहरुमा प्रयोग गर्नका लागि डिजाइन गरिएको हो, जून ब्ब्याट्रि खपत कम गर्दै लो एण्ड यूजका लागि अधिक पावर दिन्छ ।

क्रोम अपरेटिंग सिस्टममा एन्ड्रोयड एप्स पनि प्रयोग हुने हुँदा एआरएम वेस्ड प्रोसेसर राख्ने गरिन्छ । तर इन्टेलको प्रोसेसर भने अधिक पावर प्रयोग गर्ने डिभाइसहरुमा प्रयोग हुन्छ ।

सामसंगको नयाँ क्रोमबुक प्लस अमेरिकामा २४ जूनदेखि ५०० अमेरिकी डलरमा बिक्रीका लागि उपलब्ध हुनेछ ।

यो ल्यापटपमा १ गीगाहर्जको एआरएम प्रोसेसरका साथमा ४ जीबी र्याम तथा इन्टेलको एचडी ग्राफीक्स ६१५ प्रायेग गरिएको छ । यो क्रोमबुकमा ३२ जीबीको स्टोरेज छ भने यसलाई माइक्रो एसडी कार्डको सहयोगबाट ४०० जीबीसम्म पुर्याउन सकिन्छ ।

क्रोमबुक प्लस भी २ मा ३९ वाटको ब्याट्री छ भने भिडियो कन्फ्रेन्सका लागि १ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

यसमा दुईवटा टाइप सी यूएसबी, एउटा यूएसबी ३.० पोर्ट, हेडफोन ज्याकलगायतका फीचर हुनेछन् । ल्यापटपमा १२.२ इन्चको १९२० ह् १०८० पिक्सेल रिजोल्यूशनको डिस्प्ले छ ।

माध्यम

TK Viber

प्रकाशित: ३ असार २०७५, आईतवार

Loading...