स्मार्टफोनमा मात्र रहेको स्विफ्टकी अब विण्डोज १० मा, कम्प्यूटरमा टाइप गर्न सजिलो हुने

Technology Khabar ३ असार २०७५, आईतवार

स्मार्टफोनमा मात्र रहेको स्विफ्टकी अब विण्डोज १० मा, कम्प्यूटरमा टाइप गर्न सजिलो हुने

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले दुई वर्षअघि किनेको स्विफ्टकी (SwiftKey) एप अब विण्डोज १० डिभाइसमा उपलब्ध हुने भएको छ । कम्पनीले हाल यसको बीटा भर्सन शुरु गरिसकेको छ।

हाल यो एप स्मार्टफोनमा आइओएस र एन्ड्रोयड भर्सनमा मात्र उपलब्ध रहेको थियो भने अब विण्डोज भर्सनका ल्यापटपमा पनि उपलब्ध हुने भएको हो।

विण्डोज १० मा स्विफ्टकी एप्स टचस्क्रीन ल्यापटप र ट्याबलेटमा प्रयोग गर्न सकिनेछ । स्मार्टफोनमा जस्तै यो एपको विण्डोज १० (Windows 10) भर्सनमा पनि फास्ट टाइपिंगको लागि प्रीडिक्शनको फीचर हुनेछ।

यो एपमा प्रयोगकर्ताका लागि अटोकरेक्टको पनि अप्सन उपलब्ध हुनेछ। यो फीचरको माध्यमबाट तपाईँले लेखेको शब्द गलत भएपनि अटोमेटिकरुपमा सच्याउन सकिनेछ।

यसका साथै यसमा जेस्चर टाइपिंगको फीचर छ।

नयाँ विण्डोज १० प्रीभ्यूमा परिक्षणकर्ताहरुका लागि अनेकौं भाषामा स्विफ्टकीको सपोर्ट दिईएको छ । यसमा अंग्रेजी, इटालियन, स्पेनिस, ब्राजीलियन, रशियनजस्ता भाषाहरु रहेका छन् ।

सन् २००८ मा स्थापना भएको स्विफ्टकी कम्पनीले सन् २०१० मा आफ्नो पहिलो प्रोडक्ट रोलआउट गरेको थियो ।

माइक्रोसफ्टले यो कम्पनीलाई सन् २०१६ मा स्विफ्टकीको अधिग्रहण गरेको थियो जसको लागि २५ करोड अमेरिकी डलर भुक्तानी गरेको थियो ।

तपाईँपनि स्विफ्टकी आफ्नो एन्ड्रोयड स्मार्टफोनमा प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस् ।

easy care

प्रकाशित: ३ असार २०७५, आईतवार