सिटिजन्सको बिराटनगर शाखा आफ्नै भवनमा स्थानान्तरण

Technology Khabar ३ असार २०७५, आईतवार

सिटिजन्सको बिराटनगर शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले असार ३ गतेदेखि हाल बिराटनगरमा रहेको कार्यालय भन्दा करिब ५०० मिटरको दुरीमा रहेको रंगेली रोडमा रहेको आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ । सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे ।

आफ्नै भवनबाट छिटो ,छरितो ,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता बिराटनगर शाखाका प्रवन्धक सुमन निरौलाले व्यक्त गरे । औद्योगिक नगरी बिराटनगरमा आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पुर्याउने हेतुले विभिन्न नयाँ योजनाहरु प्रभावकारी ढंगले संचालन गर्ने कुरा निरौलाले जानकारी दिए ।

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

telecom
easy care

प्रकाशित: ३ असार २०७५, आईतवार