Technology Khabar १ असार २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी (ISD) सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा असार १ गतेदेखि नै सञ्चालनमा आएकोे छ ।
आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि “0000” र सीडीएमए मोबाइलका लागि “1234” डिफल्ट पिन नम्बर हुने कम्पनीले जानकारी दिएको छ।
यसरी लिने सेवा
जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले #331*PIN# डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *331*PIN# डायल गर्नु पर्नेछ । साथै आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *331*PIN# डायल गर्नु पर्नेछ ।
सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छा अनुसारको पिन नम्बर राख्न सक्ने छन् । यसरी सो पिन नम्बर परिवर्तन गर्नका लागि **03*331*old_PIN*newPIN*newPIN# डायल गर्नु पर्नेछ ।
साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *81डायल गर्नु पर्नेछ । आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *82 डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *820 डायल गर्नु पर्ने कम्पनीले उल्लेख गरेको छ ।
जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा यो भन्दा पहिले पनि आईएसडी सुविधा लिन सकिने व्यवस्था भएपनि त्यसका लागि कार्यालयमै सम्पर्क राख्नुपथ्र्यो । अब आफ्नै मोबाइलबाट नम्बर डायल गरी सो सुविधा लिन सकिने टेलिकमले जनाएको छ ।
प्रकाशित: १ असार २०७५, शुक्रबार