सामसङको ‘ए एक्स ३ हजार प्युरीफाएर’ बजारमा, कोठाको हावामा भएको प्रदुषण ९९ प्रतिशसम्म कम गर्ने

Technology Khabar १ असार २०७५, शुक्रबार

सामसङको ‘ए एक्स ३ हजार प्युरीफाएर’ बजारमा, कोठाको हावामा भएको प्रदुषण ९९ प्रतिशसम्म कम गर्ने

काठमाडौं ।

काठमाडौं । सामसङले ‘ए एक्स ३ हजार प्युरीफाएर’ नेपाली बजारमा ल्याएको छ । प्युरीफाएरमा भएको २ दशमलब ५ फिल्टरले गर्दा हावामा भएको कीटाणुलाई सजिलै हटाउने काम गर्नुका साथै कोठालाई स्वच्छ बनाउने काम गर्ने कम्पनीको भनाई छ।

नेपाली बजारमा ‘ए एक्स ३ हजार प्युरीफाएर’ को बजार मूल्य २२ हजार ४ सय ९० रुपैंयाँ रहेको छ ।

३ सय २७ मिटर क्युव प्रतिघण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ ।

यसमा भएको ट्रिपल प्रिमियम फिल्टरले ९९ प्रतिशसम्म प्रदुषण कम गर्ने गर्दछ । साथै यसमा आउट अद्वितीय फिल्टरहरु जस्तै- प्री फिल्टर, डियोडराइजेशन फिल्टर र फिएम २ दशमलब ५ फिल्टर रहेको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: १ असार २०७५, शुक्रबार