सिटिजन्स बैंकद्वारा चितवन मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चितवन मानव सेवा आश्रमलाई तीन लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

श्रमको सभा कक्षमा आयोजित कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई तीन लाख रुपैयाँको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा हस्तान्तरण गरियो ।

सो समारोहमा बैंकको नारायणघाट शाखाका प्रबन्धक बासुदेव सेढाई तथा चितवन मानव सेवा आश्रमका संचालक सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवश्यक रहेको साथै अध्यात्मले मानिसलाई जीवनयापन गर्न सजिलो बनाउने बताए ।

हालसम्म आश्रमले विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका १४७ जनाको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ । साथै हाल ५४ जनाले उक्त आश्रममा सेवा लिई राखेको र ६४ जनालाई उपचार पस्चात परिवारमा पुर्नमिलन गराइएको कुरा आश्रमकी अध्यक्षले जानकारी गराईन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम.र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।