विश्वकप खेलको नतिजा अनुमानसहित खाना अर्डर गरे फुडमान्डुमा १० प्रतिशत छुट

काठमाडौं । अनलाईन खाना डेलिभरी कम्पनि फुडमान्डुले फुटबल महाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि “चियर योर टिम” नामको अफर ल्याएको छ ।

घरमै साथीभाई तथा परिवारसँग खेल हेर्दै खानाको मजालिने मात्रै हैन हरेक अर्डरसँग खेलको नतिजाअनुमान गर्न पाउनेछन् । सहीउत्तर दिनेले १० प्रतिशत छुट र केहि अंक पाउने जानकारी दिएको छ ।

विश्वकपको अन्त्यसम्म जसले धेरै अंक जम्मा गरेको हुन्छ, सो ग्राहकले सामसुङ्गको ४३ ईन्चको स्मार्ट टि.भि उपहार स्वरुप पाउने छ र यसको साथसाथै विश्वकप अबधिभरी विभिन्न रेष्टुराँबाट ४० प्रतिशत सम्मको छुट र विभिन्न आकर्षक परिकारको कम्बोहरु पनि उपलब्ध हने कम्पनीले जनाएको छ ।