ब्याट्री समस्या भएको आइफोन नेपालमै जेनरेशन नेक्स्टले साटिदिने

Technology Khabar ३० जेष्ठ २०७५, बुधबार

ब्याट्री समस्या भएको आइफोन नेपालमै जेनरेशन नेक्स्टले साटिदिने

काठमाडौं ।

काठमाडौं । एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन प्रयोगकर्ताहरुको लागि आइफोन साट्ने योजना ल्याएको छ ।

हाल प्रयोग गरिरहेको आइफोनमा मोवाइल ब्याट्रीको समस्या भोगीरहेका ग्राहकहरुले आफ्नो आइफोन साट्न सक्ने कम्पनीको भनाई छ ।

ग्राहकहरुले अब १० हजार रुपैयाँ मात्र तिरेर आफ्नो आइफोन साटेर नयाँ लिनसक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले कुनैपनि मोडलका आइफोनहरुको ब्याट्रीमा समस्या देखिएको भए सो आइफोन एक्सचेन्ज गरेर नयाँ आइफोन दिनेछ ।

ग्राहकहरुले जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.को अफिस शेर्पा मलमा गएर आइफोन साट्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार यो योजना नेपालमा नै आधिकारिक च्यानलबाट आइफोन किनेका ग्राहकहरुको लागि ल्याईएको हो । विदेशबाट किनेर ल्याएको वा आधिकारिक भ्याट बिल नभएको आइफोनमा सो योजना लागू नहुने बताईएको छ ।

कम्पनीले आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज स्टोर, फ्यूचर वल्र्ड र क्वालिटी कम्प्यूटर (बिर्तामोड) बाट मात्र खरिद गर्न र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न समेत अनुरोध गरेको छ ।

easy care

प्रकाशित: ३० जेष्ठ २०७५, बुधबार