एप्पलको नयाँ आइफोनमा तीन क्यामरा प्रयोग, यस्तो हुनेछ डिजाइन, सस्तो मूल्यमा आउने

Technology Khabar २८ जेष्ठ २०७५, सोमबार

एप्पलको नयाँ आइफोनमा तीन क्यामरा प्रयोग, यस्तो हुनेछ डिजाइन, सस्तो मूल्यमा आउने

काठमाडौं । एप्पलले नयाँ आइफोनमा काम गरिरहेको विभिन्न रिपोर्टहरु आईरहेको बेलामा नयाँ आइफोनको मूल्य अहिलेको आइफोन एक्सभन्दा पनि सस्तो हुने जानकारी बाहिर आएको छ ।

एप्पलको बारेमा सटिक विश्लेषण गर्ने चर्चित विश्लेषक मिंग ची कुओले नयाँ आइफोनहरु सस्तो मूल्यमा आउने दाबी गरेका छन् ।

केजीआई सेक्यूरिटी फर्मका विश्लेषक कुओले नयाँ तीन आइफोनहरु मूल्य रणनीतिक योजनासाथ अगाडि आउने अनुमान गरेका छन जून यहि सेप्टेम्बर महिनामा सार्वजनिक हुनेछ ।

एप्पलको नयाँ रणनीति यसअघिको आइफोन एक्स (iPhone X) को ९९९ अमेरिकी डलरको बजार मूल्यप्रतिको नकारात्मकलाई चिर्नका लागि हुने अनुमान गरिएको छ।

कुओकाअनुसार ६.५ इन्चको ओएलइडी भएको नयाँ आइफोन एक्स प्लस (iPhone X Plus) को मूल्य करिब ९०० देखि १००० अमेरिकी डलर बीचमा हुनेछ भने अर्को ओएलईडी डिस्प्ले भएको आइफोनको मूल्य ८०० देखि ९०० अमेरिकी डलरको बीचमा हुनेछ ।

त्यस्तै ६.१ इन्चको एलसिडी डिस्प्ले भएको आइफोनको मूल्य ६०० देखि ७०० अमेरिकी डलरको बीचमा सार्वजनिक हुनेछ । कुओकाअनुसार सबै आइफोनहरुमा फुल स्क्रीन डिजाइन र फेस आईडी हुनेछ ।

यसैबीच एप्पलको नयाँ आइफोनको बारेमा यसको डिजाइनको स्केचहरु लीक भएको छ । फोब्र्सका गोर्डन केलीद्धारा सार्वजनिक भएको यो डिजाइनमा एउटा आइफोन ६.५ इन्चको आइफोन एक्स प्लसको रुपमा आउनेछ जसमा ओइलईडी स्क्रीन हुनेछ । यो आइफोनमा ट्रिपल क्यामरा अर्थात तीनवटा रियर क्यामरा सेटअप हुनेछ । त्यसैगरि यसमा फेस आईडी २.० भर्सन समेत हुने अनुमान छ ।

फोब्र्सद्धारा सार्वजनिक रिपोर्टअनुसार अर्को ६.१ इन्चको आइफोन हुनेछ जसलाई बजेट मोडल भनेर भनिएको छ । यो फोनमा एउटा मात्र रियर क्यामरा हुनेछ भने फोनमा फेस आईडी १.० भर्सन प्रयोग हुनेछ ।

तर यो रिपोर्टमा तेस्रो आइफोनको बारेमा केहि उल्लेख छैन त्यसैले तेस्रो आइफोन अहिलेको आइफोन एक्सको जस्तै हुने अनुमान गरिएको छ ।

तर यी रिपोर्टहरु बाहिर आईरहँदा यसको आधिकारीकताको बारेमा बुझ्न भने कुर्नै पर्ने हुन्छ ।

स्रोत १  स्रोत २ माध्यम

प्रकाशित: २८ जेष्ठ २०७५, सोमबार

Comments are closed.

Loading...