Technology Khabar २८ जेष्ठ २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । फेशन शो गर्दा अधिकांश ड्रेस तथा डिजाइनहरु मोडलहरुद्धारा प्रदर्शित गर्ने गरिन्छ । मोडलहरु बिना नै फेशन शो हुन्छ भन्ने कल्पना समेत गर्न सकिँदैन् । तर कुनैपनि मोडलहरुबिना नै फेशन सो गर्न सकिन्छ भन्ने हालै एउटा घट्नाबाट प्रमाणित भएको छ ।
अझ ड्रोनले फेशन सोमा विभिन्न किसिमका कपडाहरुको डिजाइन प्रदर्शन गर्न सकिन्छ भन्ने स्पष्ट भएको छ। मध्यपूर्वी देश साउदी अरेबियामा हालै ड्रोनको माध्यमबाट विभिन्न किसिमका डिजाइनहरु फेशन सोमा प्रदर्शन गरिएको छ ।
साउदी अरेबियाको संभवत पहिलो फेशन शोमा सम्पूर्ण डिजाइन तथा ड्रेसहरु ड्रोनले प्रदर्शन गरेको थियो । जसमा ड्रोन उडाएर र्याम्पको एक भागबाट अर्को भागसम्म पुर्याईएको थियो ।
साउदी अरबको जेद्धाहको होटल हिल्टनमा आयोजित फेशन सोमा भूतहरुको फेशन सोको रुपमा विश्लेषकहरुले लिएका छन् ।
एजेन्सी
हेरौं ड्रोनको माध्यमद्धारा आयोजना गरिएको विश्वको पहिलो फेशन सो-
प्रकाशित: २८ जेष्ठ २०७५, सोमबार