विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलमा, नेपाली भाषामा कमेन्ट्री हुने

Technology Khabar २७ जेष्ठ २०७५, आईतवार

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलमा, नेपाली भाषामा कमेन्ट्री हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । यहि जेठ ३१ गतेदेखि रुसमा आयोजना हुन गईरहेको विश्वकप फुटबल २०१८ को प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । सो च्यानलमा विश्वकप फुटबल प्रत्यक्ष प्रसारणको नेपाली भाषामा कमेन्ट्री हुनेछ ।

प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् ।

डिस होममा बजार व्यवस्थापक कल्याण अधिकारीले पहिलो पटक नेपाली भाषामा कमेन्ट्री गर्न लागिएको जानकारी दिए । ‘शहरमा मात्र नभई गाउँमा पनि डिस होमको दर्शकहरु भएको हुँदा उनीहरुको लागि समेत हुनेगरि नेपाली भाषामा कमेन्ट्री गर्न लागिएको हो,’ उनले भने ।

विश्वकपका खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु सहित अन्य व्यक्तिहरु पनि आबद्ध हुने बताईएको छ । फुटबल जगत बाहिरका व्यक्तिहरुमा पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन् ।

यसैबिचमाा चार बर्षमा एक चोटि आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले प्रोमोसन भिडियो पनि बनाएको छ । सो भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो।

प्रशारण अघि र पछि खेलको विश्लेषण र समिक्षा पनि नेपाली भाषामा नै हुने हुँदा सामान्य नेपाली दर्शकहरुले समेत सजिलै बुझ्न सक्ने डिसहोमले जनाएको छ।

Sajilo Visa

प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार