याहू मेसेन्जर बन्द हुँदै, प्रयोगकर्ताले च्याट हिस्ट्री डाउनलोड गर्न पाउने, यसरी डाउनलोड गर्नुस्

Technology Khabar २७ जेष्ठ २०७५, आईतवार

याहू मेसेन्जर बन्द हुँदै, प्रयोगकर्ताले च्याट हिस्ट्री डाउनलोड गर्न पाउने, यसरी डाउनलोड गर्नुस्

काठमाडौं ।

काठमाडौं । तपाईँ याहू प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँको लागि दुखद खबर आएको छ । याहूले आफ्नो इन्स्ट्यान्ट म्यासेनजर याहू म्यासेन्जर बन्द गर्ने भएको छ । कम्पनीले यहि जुलाई १७ तारिखदेखि सो याहू म्यासेन्जरलाई पूर्णरुपमा बन्द गर्ने घोषणा गरेको छ ।

हाल याहू मेसेन्जरमा रहेका प्रयोगकर्ताहरुलाई नयाँ ग्रुप मेसेजिंग एप स्क्वारलमा स्विच गरिनेछ । यसअघिदेखि नै कम्पनीले स्क्वारल एपमा टेस्टिंग गरिरहेको छ ।

कम्पनीकाअनुसार अझ राम्रो संचारको लागि नयाँ मेसेजिंग एपमा स्विच गरिरहेका छौं ।

याहू मेसेन्जर बन्दभएपछि यो नयाँ एप सबैका लागि रोलआउट गरिनेछ ।

याहू हेल्प फोरममा कम्पनीले भनेको छ ।

कम्पनीले यो म्यासेन्जर बन्द गरेपनि तपाईँले आफ्नो च्याटको इतिहास डाउनलोडगर्न सक्नुहुनेछ । यसको लागि कम्पनीले ६ महिनासम्म च्याट हिस्ट्री डाउनलोड गर्ने सुविधा दिएको छ । यदि तपाईँले याहू मेसेन्जरबाट केहि डाउनलोड गर्न चाहनुहुन्छ भने त्यसको कपी संरक्षण गर्न सक्नुहुनेछ नत्र भने यो जूलाई १७ तारिख अर्थात साउन १ गतेदेखि बन्द हुनेछ ।

याहू मेसेन्जर सन् १९९८ मार्च ९ तारिखमा याहू पेजरको रुपमा शुरु भएको थियो, जून सन् १९९९ जून २१ तारिखमा रिब्राण्डिंग गरिएको थियो ।

यो बन्द हुने दिनसम्ममा यो ठिक २० वर्ष ४ महिना ८ दिनको हुनेछ ।

सो बेलामा यो च्याटिंग एप डेस्कटप कम्यूनिटीमा निकै लोकप्रिय रहेको थियो । तर यसले गूगल तथा फेसबुकको मोबाइल च्याटिंग एपसँग प्रतिस्पर्धा गर्न नसकेपछि यूजरको संख्या घटिरहेको थियो ।

यसअघि कम्पनीले एओएल इन्स्ट्यान्ट मेसेन्जर पनि बन्द गरेको थियो ।

कसरी गर्ने च्याट हिस्ट्री डाउनलोड

-यसको लागि पहिलो डाउनलोडर रिक्वेष्ट साइटमा जाने ।

-साइन गरेपछि भेरिफिकेसनको प्रकृया अपनाउने र त्यसपछि तपाईँलाई पठाएको एकाउन्ट की इन्टर गर्ने ।

-डाउनलोड लेखिएको ट्याबमा क्लिक गर्ने ।

-त्यसपछि तपाईँले चाहेको ईमेल राख्नुहोस जसमा च्याट हिस्ट्री चाहनुहुन्छ त्यसपछि क्लिक गर्नुहोस् ।

-तपाईँको ईमेलमा च्याट हिस्ट्रीको फाइल हेर्नुहोस् ।

easy care

प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार

ताजा समाचार