‘लेट्स रिड’ नामक डिजिटल पुस्तकालय सञ्चालनमा

Technology Khabar २७ जेष्ठ २०७५, आईतवार

‘लेट्स रिड’ नामक डिजिटल पुस्तकालय सञ्चालनमा

काठमाडौं ।

काठमाडौं । एसिया फाउण्डेसनले लेट्स रिड नामक डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएकोछ। सो पुस्तकालयमा सय भन्दा वढी नेपाली भाषाका पुस्तकहरु र अग्रेजीका १००० बढी पुस्तकहरु राखिएका छन्।

पुस्तकालय खास गरि ३ वर्षदेखि १२ वर्षसम्मका वालवालिकाहरुलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो । इन्टरनेटका माध्यमवाट पढ्न सकिने पुस्तकालयमा वालवालिकाका क्षेत्रमा कलम चलाउँदै आएका विभिन्न साहित्यकारहरुका रचनाहरु समेटिएका छन्।

लेट्स रिड नामक वेभपोर्टल एवं मोवाइल एप्लिकेसनमा गएर निशुल्करुपमा पुस्तकहरु डाउनलोड गरेपछि इन्टरनेट विनापनि पढ्न सकिने सुविधारहेको फाउण्डेसनले जनाएको छ।

सो पुस्तकालयमा विभिन्न मातृभाषाका पुस्तकहरुसमेत समेटिएका छन्।

फाउण्डेसनको प्रशासन तथा वुक्स फर एसिया विभागकी प्रमुख समिरा श्रेष्ठकाअनुसार पुस्तकालयले बालवालिकाको सिर्जनशील क्षमतामा वृद्धि गर्नुका साथै अभिभावकहरुको आर्थिक व्ययभार पनि कम गर्नेछ।

पुस्तकालयमा विभिन्न भाषामा बालसाहित्यका विभिन्न पुस्तकहरुका साथै अडियो भिडियो सामाग्रीहरु समेटिएका छन् ।

भृकुटी मण्डपमा आयोजित शैक्षिक मेलामा समेत एसिया फाउण्डेसनलको लेट्स रिड नामक डिजिटल पुस्तकालय प्रदर्शनी गरिएको थियो।

तपाईँ पनि यो मोबाइल एप डाउनलोड गरेर प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार

ताजा समाचार