नेपाल बैंकर्स संघ तथा भारतीय बैंक संघवीच सम्झौता

Technology Khabar २५ जेष्ठ २०७५, शुक्रबार

नेपाल बैंकर्स संघ तथा भारतीय बैंक संघवीच सम्झौता

काठमाडौं ।

काठमाडौं । नेपाल बैंकर्स संघ तथा भारतीय बैंक संघ वीच जेठ २३ गते सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौतामा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा भारतीय बैंक संघका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरे ।

सो सम्झौतासंगै दुई देशका संघहरु वीच आपसी सहकार्य, क्षमता विकास, सुचना आदान प्रदान, अनुसन्धान, आदि क्षेत्रहरुमा कार्य अगाडि बढाउन सहयोग मिल्नेछ । साथै, यसले नेपालका बैंकहरुको क्षमता तथा अनुभब अभिवृद्घी गर्न समेत ठूलो मद्दत मिल्ने नेपाल बैंकर्स संघले विश्वास लिएकोछ ।

आगामी दिनमा दक्षिण एशियाली क्षेत्रमा सबै बैकर्स संघहरु बीचमा यसरी नै आपसी समझदारी गर्दै जाने कुरामा समेत सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २५ जेष्ठ २०७५, शुक्रबार