साओमी रेडमी वाई २ सार्वजनिक, ड्यूल रियर क्यामरा, सेल्फीका लागि १६ मेगापिक्सेल क्यामरा

Technology Khabar २४ जेष्ठ २०७५, बिहीबार

साओमी रेडमी वाई २ सार्वजनिक, ड्यूल रियर क्यामरा, सेल्फीका लागि १६ मेगापिक्सेल क्यामरा

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले आफ्नो नयाँ सेल्फी सेन्ट्रिक फोन साओमी रेडमी वाई २ (Xiaomi Redmi Y2) सार्वजनिक गरेको छ । यो स्मार्टफोन गतवर्ष सार्वजनिक गरेको रेडमी वाई वन को अपडेटेड भर्सन हो ।

कम्पनीले भारतीय राजधानी नयाँ दिल्लीमा आयोजित कार्यक्रममार्फत विश्व बजारमा यो स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोनमा विशेषगरि आर्टिफिशियल इन्टेलिजेन्समा आधारित सेल्फी क्यामरा, फेस अनलक तथा १८ः९ आस्पेक्ट रेसियो डिस्प्ले रहेको छ ।

यो स्मार्टफोन यसअघि चीनमा सार्वजनिक भएको रेडमी एस२ (Redmi S2) को डिजाइन र स्पेशिफिकेसनजस्तै रहेको र यो चीनभन्दा बाहिरको बजारको लागि ल्याईएको अनुमान गरिएको छ ।

रेडमी वाई २ डार्क ग्रे, रोज गोल्ड र गोल्ड कलर अप्सनमा उपलब्ध हुनेछ ।

के छ फीचरहरु ?

रेडमी वाई २ स्मार्टफोनमा ५.९९ इन्चको एचडी प्लस डिस्प्ले राखिएको छ भने फोनमा क्वालकम स्न्यापड्रागन ६२५ अक्टा कोर प्रोसेसरका साथमा एड्रिनो ५०६ जीपीयू छ ।

फोनमा पावर ब्याकअपका लागि ३,०८० एमएएचको ब्याट्री प्याक छ भने एन्ड्रोयड ओरियोमा आधारित स्मार्टफोन हो ।

यो स्मार्टफोन ३जीबी र्याम र ४ जीबी र्यामको अप्सनमा उपलब्ध हुनेछ ।

फोटोका लागि फोनमा भर्टिकल डिजाइनमा ड्यूल रियर क्यामरा सेटअप छ जसमा प्राइमरी क्यामरा १२ मेगापिक्सेल तथा सेकेण्डरी क्यामरा ५ मेगापिक्सेलको छ । सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामरा राखिएको छ जसमा एलईडी सेल्फी लाइट, एआई ब्यूटीफाई ४.० तथा फेस अनलक फीचर रहेका छन् ।

यो स्मार्टफोन ३२ जीबी र ६४ जीबीको आन्तरिक स्टोरेजमा उपलब्ध हुनेछ भने माईक्रो एसडी कार्डद्धारा स्टोरेज बढाउन सकिनेछ।

कनेक्टिभिटीका लागि फोनमा फोरजी भीओएलटिई, ब्लूटूथ ४.२ भर्सन, जीपीएस, वाईफाई, ३.५ एमएमको हेडफोन ज्याक, माइक्रो यूएसबी २.० भर्सन रहेको छ ।

कति पर्छ मूल्य ?

साओमीको रेडमी वाई २ स्मार्टफोन भारतीय बजारमा ९,९९९ भारुदेखि शुरु हुनेछ । ३ जीबी र्याम र ३२ जीबी स्टोरेजको मूल्य ९,९९९ भारु छ भने ४ जीबी ६४ जीबी स्टोरेज फोनको मूल्य १२,९९९ भारु तोकिएको छ ।

यो स्मार्टफोन हाल एक्सक्लूसिभरुपमा ईकमर्श साइट अमेजन इण्डियामा मात्र उपलब्ध हुनेछ भने साओमीको आफ्नो वेबसाइटमा पनि उपलब्ध हुनेछ । यो स्मार्टफोनको पहिलो बिक्री १२ जूनमा हुने बताईएको छ ।

यो फोनमा लन्च अफर पनि राखिएको छ। पहिलो सेलमा रेडमी वाई २ खरिद गर्नका लागि आईसीआईसीआई बैंकको क्रेडिट वा डेबिट कार्ड प्रयोगकर्ताले ५०० भारुको इन्स्ट्यान्ट डिस्काउन्ट पाउने छन् । त्यस्तै यो फोन किन्नेलाई एयरटेलले भारु १,८०० को इन्स्ट्यान्ट क्यासब्याक दिनेछ । यसबाहेक भारतमा यो फोन किन्ने ग्राहकले २४० जीबी डाटा निशुल्क प्रयोग गर्न पाउनेछ ।

माध्यम

easy care

प्रकाशित: २४ जेष्ठ २०७५, बिहीबार