जीवन बीमा सम्बन्धी एक दिवसिय सेमिनार सम्पन्न

Technology Khabar २४ जेष्ठ २०७५, बिहीबार

जीवन बीमा सम्बन्धी एक दिवसिय सेमिनार सम्पन्न

काठमाडौं ।

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स तथा पोखरा विश्वविद्यालयको संयुक्त आयोजनामा पोखरामा फण्डामेन्टल अफ लाइफ इन्स्योरेन्स एण्ड ईट्स मार्केट ट्रेण्डस इन नेपाल बिषयमा एक दिवसिय सेमिनार सम्पन्न भएको छ ।

सो कार्यक्रमा वीमा योजना तथा बजार रणनिति वारेमा बोल्दै क्षेत्रीय प्रमुख बाबुराम पौडेलले वीमा योजनाहरु आधुनिक आवश्यकता अनुरुप भएमा यसको बजारीकरणमा सहज हुने बताए ।

पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरेले विभिन्न तथ्यांक प्रस्तुत गर्दै बजारको माग अनुरुप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने तथा आवश्यकता अनुरुप सम्बन्धित निकायको सहकार्यमा पाठ्यक्रम परिमार्जन गरि समय सापेक्ष बनाउने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जिवन वीमाको प्रकृया तथा जिवन वीमा कम्पनीको सांगठनिक ढाँचा, दावी भुक्तानी प्रकृया, अण्डरराइटिङ्ग सम्बन्धी व्यवस्था, कम्पनीको वोनस निर्धारण प्रकृयाहरुको बारेमा सहभागीहरुलाई प्रशिक्षण गराएका थिए ।
सो कार्यक्रममा १५० जनाको सहाभागिता रहेको कम्पनीले जनाएकोछ ।

easy care

प्रकाशित: २४ जेष्ठ २०७५, बिहीबार