गरिमा विकास बैंकको ‘गरिमा दम्पति बचत खाता’ संचालनमा

Technology Khabar २४ जेष्ठ २०७५, बिहीबार

गरिमा विकास बैंकको ‘गरिमा दम्पति बचत खाता’ संचालनमा

काठमाडौं ।

काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा दम्पति बचत खाता’ संचालनमा ल्याएको छ । सो खातामा बैंकले बार्षिक ९ प्रतिशत व्याज दिने भएको छ । प्रदेश नं १ अन्तरगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक उदघाटनको पूर्वसन्ध्यामा बैंकले ९ प्रतिशत व्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

बुधबार झापाको मेची पुलबाट बैंकका अध्यक्ष चन्द्रकान्त बरालले सो खाताको सुरुवात गरे ।

नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ ।

बैंकमा सो खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् । साथै, ग्राहकले एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्ने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २४ जेष्ठ २०७५, बिहीबार