सिजी टिभीमा वर्ल्डकप अफर, ३० प्रतिशतसम्म क्यासब्याक र ३ वर्षको वारेन्टी

Technology Khabar २३ जेष्ठ २०७५, बुधबार

सिजी टिभीमा वर्ल्डकप अफर, ३० प्रतिशतसम्म क्यासब्याक र ३ वर्षको वारेन्टी

काठमाडौं ।

काठमाडौं । सिजीले विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गरि आफ्ना आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले गुणस्तरीय एलईडी टिभीहरुमा ‘एक्स्ट्रा टाईम गोल मै छ मज्जा’ नामक योजना सार्वजनिक गरेको हो ।

कम्पनीले बुधवारदेखि सिमित अवधिका लागि नेपालभरी सो योजना लागू गरिएको जनाएको छ ।

योजनामा ग्राहकहरुले सिजीका २० इन्चदेखि ४३ इन्च सम्मको कुनै पनि नर्मल तथा स्मार्ट टिभीहरु खरिद गरेपश्चात एक्स्ट्रा ३० प्रतिशतसम्मको नगद छुट र नेपालमै पहिलोपटक लागू गरिएको एक्स्ट्रा ३ वर्षको वारेण्टी प्राप्त गर्न सक्नेछन्।

त्यसैगरि सो भन्दामाथिको टिभीहरुमा सिजीकै मल्टीमिडिया स्पीकर र ३ वर्ष वारेण्टी प्राप्त गर्न सक्ने जनाइएको छ ।

खरिद गरिएको टिभीहरु मध्येबाट प्रत्येक हप्ता भाग्यशाली एकजना बिजेतालाई सिजीकै अर्को एलईडी टिभी प्रदान गरिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २३ जेष्ठ २०७५, बुधबार