प्राइमलाइफ इन्स्योरेन्स ११ औं वर्षमा प्रवेश

Technology Khabar २२ जेष्ठ २०७५, मंगलवार

प्राइमलाइफ इन्स्योरेन्स ११ औं वर्षमा प्रवेश
Classic Tech
Nepal Telecom

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्सले कारोवारको दशबर्ष पूरा गरेको उपलक्ष्यमा जेठ २२ गते बीमा साक्षरता तथा सचेतनाको लागी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा कम्पनीको प्रधान कार्यालय काठमाडौं उपत्यकाका शाखा तथा उपशाखाका कर्मचारी एवं अन्य शूभेच्छूकहरुको सहभागिता रहेको थियो ।

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ७८ करोर्ड ४८ लाख ३५ हजार रुपैयाँ, कुल बीमाशुल्क ११ अर्ब ६२ करोड रुपैयाँ, बीमालेख १६ लाख भन्दा बढी, जीवन बीमा कोष ६ अर्ब २० करोड तथा दावी भुक्तानी २४ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने देशभरमा विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई आएको छ ।

कम्पनीले आगामी बर्ष कम्तिमा १३५ स्थानबाट सेवा दिने लक्ष्य लिएको जनाएको छ ।

TK Viber

प्रकाशित: २२ जेष्ठ २०७५, मंगलवार

Comments are closed.

Loading...