एप्पलको नयाँ अपरेटिंग सिस्टम ‘आइओएस १२’ सार्वजनिक, यी हुन् अपडेट हुने डिभाइसहरु

Technology Khabar २२ जेष्ठ २०७५, मंगलवार

एप्पलको नयाँ अपरेटिंग सिस्टम ‘आइओएस १२’ सार्वजनिक, यी हुन् अपडेट हुने डिभाइसहरु

काठमाडौं ।

काठमाडौं । एप्पलले सोमबार सफ्टवेयरसँग सम्बन्धित डब्लूडब्लूडीसी २०१८ (wwdc2018) कार्यक्रममा तीन नयाँ घोषणा गरेको छ ।

कम्पनीले एप्पल आइफोन र आइप्याडका लागि नयाँ अपरेटिंग सिस्टम आइओएस १२ (iOS12) सार्वजनिक गरेको छ भने एप्पल वाचको लागि वाचओएस ५ (watchOS5) सार्वजनिक गरेको छ । त्यसैगरि डेस्कटप तथा ल्यापटपको लागि म्याकओएस १०.१४ मोजाभे (macOS 10.4 Mojave) सार्वजनिक गरेको छ ।

यसमध्ये सबैको चासो एप्पलको आइओएस १२ मा रहेको छ, जून आइफोनमा प्रयोग हुन्छ । एप्पलले नयाँ सफ्टवेयर सार्वजनिक गर्नुका साथै यसमा विभिन्न नयाँ फीचरहरु पनि उपलब्ध गराएको छ ।

एप्पलले नयाँ अपरेटिंग सिस्टमको अपडेट उपलब्ध हुने डिभाइसको सूची पनि जारी गरेको छ ।

आइओएस १२ उप्पलको सबैभन्दा नयाँ सफ्टवेयर भर्सन हो, जून आइफोनका साथै आइप्याडमा पनि सपोर्ट गर्दछ । कम्पनीले पुराना डिभाइसहरुमा पनि नयाँ आइओएस दिने जानकारी दिएको छ । कम्पनीकाअनुसार यसअघिको आइओएस ११ प्रयोग हुने वा कम्प्याटिबल हुने डिभाइसहरु सबैमा आइओएस १२ को अपडेट उपलब्ध हुनेछ भने यसको लागि अतिरिक्त हार्डवेयरको आवश्यकता पर्नेछैन् ।

कम्पनीले पेड एप्पल डेभलपर्सृलाई डेलपर बीटा भर्सन उपलब्ध गराउनेछ भने पब्लिक बीटा भर्सन जून १६ तारिखदेखि मात्र उपलब्ध हुन शुरु हुनेछ । यसको फाइनल भर्सन भने सेप्टेम्बरमा मात्र उपलब्ध हुनेछ ।

हेरौं कुन कुन आइफोन तथा आइप्याडमा यो डिभाइस उपलब्ध हुन्छ ।

आइओएस १२ (iOS12)

आइफोन तर्फ

आइफोन एक्स,

आइफोन ८ प्लस,

आइफोन ८

आइफोन सेभेन प्लस,

आइफोन सेभेन,

आइफोन सिक्स एस प्लस,

आइफोन सिक्स एस,

आइफोन सिक्स प्लस,

आइफोन सिक्स,

आइफोन एसई,

आइफोन ५एस

आइप्याड तर्फ

१२.९ इन्च आइप्याड प्रो
१०.५ इन्च आइप्याड प्रो
९.७ इन्च आइप्याड प्रो
आइप्याड फिफ्थ जेनेरेशन
आइप्याड एयर २
आइप्याड मिनी ४
आइप्याड मिनी ३
आइप्याड मिनी २

वाचओएस ५ (watchOS 5)

एप्पल स्मार्टवाचको लागि नयाँ एप्पल सफ्टवेयर वाचओएस ५ सेप्टेम्बरदेखि उपलब्ध हुनेछ । यो ओएस कम्पनीले सबैभन्दा पहिले सार्वजनिक गरेको एप्पल वाचमा उपलब्ध हुनेछैन भने त्यसपछि सन् २०१६ मा सार्वजनिक भएको एप्पल वाच वनदेखि माथिका सबै भर्सनहरुमा सपोर्ट हुन्छ ।

म्याकओएस १०.४ मोजाभे (macOS 10.4 Mojave)

कम्पनीले म्याकबुक तथा आइम्याकका लागि समेत नयाँ अपरेटिंग सिस्टम सार्वजनिक गरेको छ । यसको नाम म्याकओएस १०.४ मोजाभे राखिएको छ । कम्पनीले यो ओएसमा पनि डार्कमोडसहित नयाँ फीचरहरु समावेश गरेको छ । यो ओएस सपोर्ट गर्ने डिभाइसहरु यी हुन्

म्याकबुक (२०१५ को शुरुवात र त्यसपछिका)
म्याकबुक एयर (मध्य २०१२ भन्दा पछि आएका)
म्याक मिनी (२०१२ र त्यसपछिका नयाँ)
म्याकबुक प्रो (मध्य २०१२ र त्यसपछिका नयाँ)
आइम्याक (२०१२ र त्यसपछिका सबै)
आइम्याक प्रो (२०१७)
म्याक प्रो (२०१३को अन्त्यको, २०१० मध्यको, र २०१२ मध्यको जीपीयूको क्षमतामा र्निभर गर्ने)

easy care

प्रकाशित: २२ जेष्ठ २०७५, मंगलवार