आइएमई जनरल इन्स्योरेन्स ग्राण्डी इन्टरनेश्नल हस्पिटल बिच नगदरहित सेवा सम्झौता

Technology Khabar २१ जेष्ठ २०७५, सोमबार

आइएमई जनरल इन्स्योरेन्स ग्राण्डी इन्टरनेश्नल हस्पिटल बिच नगदरहित सेवा सम्झौता

काठमाडौं ।

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेश्नल हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डी इन्टरनेश्नल हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म ग्राण्डी इन्टरनेश्नल हस्पिटबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुने कम्पनीले जनाएको छ ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक थापाले अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुले औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका थिए ।

easy care

प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार