Technology Khabar २१ जेष्ठ २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । मोटोरोला नेपाल र खल्तीले नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन । सो सम्झौता अनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनहरुमा दुई हजार रुपैयाँसम्म खल्तीमा पैसा फिर्ता दिनेछ ।
यस अभियानको माध्यमद्वारा मोटोरोलाले नेपालमा स्मार्टफोन प्रयोगकर्ताहरु बिच डिजिटल माध्यमद्वारा पेमेन्ट गर्ने बानी प्रोत्साहित गर्ने कम्पनीको भनाई छ ।
‘हामी केवल हार्डवेयर र स्मार्टफोन मात्रै बिक्री गरिरहेका छैनौँ, आफ्ना दैनिक कार्यहरु सहज बनाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्न पनि प्रोत्साहित गरिरहेका छौं । खल्तीसँग डिजिटल भुक्तानी बढाउन र स्मार्टफोन प्रयोगकर्ताहरूलाई अझ बढी स्मार्ट बनाउनका लागी हामीले सहकार्यको शुरुवात गरेका हौं,’ नेपालका लागी मोटोरोलाको आधिकारीक बिक्रेता लाईफकमका प्रवन्ध निर्देशक अमित अग्रवालले भने ।
छिमेकी देशहरू भारत, चीन र बंगलादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यो साझेदारीबाट नेपालमा मोबाइल भुक्तानीको प्रयोग बढ्ने कम्पनीको अनुमान छ ।
‘मोटोरोलासँगको साझेदारीमा यो अभियान शुरू गरि नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूमा मोबाइल भुक्तान सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं । यो अभियानले नेपाली युवाहरूको बीचमा डिजिटल भुक्तानी प्रबद्र्धन गर्ने र मोबाइल भुक्तानीलाई अर्को स्तरमा पुर्याउने आशा गरेका छौं,’ खल्तीका प्रबन्ध निर्देशक मनीष मोदीले भने ।
यो अफर अहिलेका लागी चारवटा मोटोरोला स्मार्टफोनहरूको खरिदमा उपलब्ध रहेकोछ । मोटो सी, मोटो सी प्लस , मोटो ई४, र मोटो मोटो ई४ं प्लस फोनहरू नेपालभरी रहेका मोटोरोला फोनका आधिकारिक रिटेलरहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
मोटोरोला फोनको खरिदपछि खल्तीमा यसरी क्यासब्याक प्राप्त गर्नुस्-
मोटोरोला स्मार्टफोन खरिद गरेपछिः
–khalti.com/appबाट खल्ती एप डाउनलोड गर्नुहोस् वा नयाँ मोटोरोला मोबाइल सेटमा क्यूआर (QR) कोड स्क्यान गर्नुहोस्
-तपाईंको मोबाइल नम्बर र नयाँ पासवर्ड प्रयोग गरि खल्तीमा साइन अप र लग इन गर्नुहोस्
-साइड मेनु मा ’कूपन’(Coupon) मेनु मा जानुहोस् र अंग्रेजीमा मोटो (Moto) टाइप गर्नुहोस, र रिडिम(REDEEM) बटन थिच्नुहोस्
-आईएमईआई(IMEI) विवरणहरूको प्रमाणीकरणपछि, तपाइँले खल्ती एपमा तत्काल क्यासब्याक पाउनु हुनेछ।
सो क्यासब्याक रकम खल्तीको ब्यालेन्सको रुपमा प्रयोग गरि मोबाइल रिचार्ज गर्न, खानेपानी, बिजुली, इन्टरनेट जस्ता सेवाको बिल भुक्तानी गर्न, फिल्म टिकट खरीद गर्न र अन्य धेरै सेवाहरुको भुक्तानी गर्न सक्नु हुनेछ ।
स्मार्टफोन मोडेल | अधिकतम मूल्य | क्यासब्याक |
मोटो सी | रु १०,९९०/- | रु १,०००/- |
मोटो सी+ | रु १३,४९०/- | रु १,०००/- |
मोटो ई४ | रु १५,२९०/- | रु १,५००/- |
मोटो ई४+ | रु १९,९९०/- | रु २,०००/- |
प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार