ओपोद्वारा ‘एआर–सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

Technology Khabar २० जेष्ठ २०७५, आईतवार

ओपोद्वारा ‘एआर–सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत
Classic Tech

काठमाडौं । ओपोले एआर–सेल्फी कन्टेष्टका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । ओपोको कमलपोखरीस्थित ग्राहक सेवा केन्द्रमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले पुरस्कार हस्तान्तरण गरे ।

कम्पनीद्वारा मासिकरुपमा आयोजना गरिने सामाजिक सञ्जाल क्याम्पेनको सिरिज अन्तर्गत यो कन्टेष्टको आयोजना मे २१ देखि २८ सम्मका लागि आयोजना गरिएको हो । कम्पनीद्वारा भर्रखरै सार्वजनिक ओपो एफसेवेन सिरिजमा उपलब्ध गरिएको एआर स्टिकरको प्रचारका लागि क्याम्पेनको आयोजना गरिएको कम्पनीले बताएको छ ।

निहारिक शर्मा, सुमित्रा लामा र युमिसा लामा क्याम्पेन विजेता घोषित भएका छन् । तिनलाई कम्पनीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिएको छ । क्याम्पेन अन्तर्गत कम्पनीले सहभागीलाई एआर स्टिकर प्रयोग गरिएको तिनका आकर्षक सेल्फी पोष्ट ह्याशट्याग ओपो एफसेवेन सहित कमेन्ट सेक्सनमा पोष्ट गर्न अनुरोध गरेको थियो । भाग्यशाली विजेताको छनोट कम्पनीको आन्तरिक टिमले गरेको जनाएको छ ।

TK Viber

प्रकाशित: २० जेष्ठ २०७५, आईतवार

Loading...