एलजीको नयाँ एक्सक्लूसिभ शोरुम महाराजगंजमा

Technology Khabar २० जेष्ठ २०७५, आईतवार

एलजीको नयाँ एक्सक्लूसिभ शोरुम महाराजगंजमा

काठमाडौँ । सिजी इलेक्ट्रोनिक्सले एलजीको नयाँ एक्सक्लूसिभ शोरुम हरेक बर्ष बिस्तार गर्ने क्रममा ४६औं शाखाको रुपमा महाराजगंजमा इनोभा इलेक्ट्रोनिक्स नामक शोरुम संचालनमा ल्याएको छ ।

एलजी ब्राण्डले ग्राहकहरुको आवश्यकता पूरा गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउँदै लैजानु कम्पनीको मूख्य उद्देश्य रहेको छ । यो नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने कम्पनीले जानकारी दिएको छ ।

त्यसै गरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । कुनै पनि एल.जी. का सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । यो योजना उद्घाटनको दिन जेठ १७ गतेदेखि १० दिनसम्म लागू हुनेछ । साथै बम्पर लक्की ड्रमार्फत आकर्षक उपहार जित्नसक्ने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २० जेष्ठ २०७५, आईतवार

Loading...