सामसंगको ग्यालेक्सी जे सिक्स नेपाली बजारमा आउँदै, नोकिया ३.१ पनि भित्रने

Technology Khabar १८ जेष्ठ २०७५, शुक्रबार

सामसंगको ग्यालेक्सी जे सिक्स नेपाली बजारमा आउँदै, नोकिया ३.१ पनि भित्रने

काठमाडौं ।

काठमाडौं । सामसंगले नेपाली बजारमा मिड रेन्जको नयाँ स्मार्टफोन ल्याउने भएको छ । सामसंग नेपालले जे सिरिजमा हालै सार्वजनिक भएको नयाँ स्मार्टफोन जे सिक्स (Galaxy J6) नेपाली बजारमा ल्याउन लागेको हो ।

कम्पनीले छिटै यो फोन बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले जे सिरिजको नयाँ फोन जे सिक्सको २ जीबी ३२ जीबी भर्सनको फोन नेपाली बजारमा ल्याउने छ । यो फोनसहित अर्को जे सिरिजकै जे एट स्मार्टफोन भारतमा सार्वजनिक भएको थियो । जसमध्ये हाल जे सिक्स मात्र ल्याउन लागेको हो ।

कम्पनीले जे सिरिजको जे सिक्स००एफ (J600F) मोडल नम्बर भएको ड्यूल सिम लाग्ने स्मार्टफोन ल्याउन लागेको हो।

जे सिक्समा १.६ गीगाहर्जको अक्टाकोर एक्सनोज ७८७० प्रोसेसर रहेको छ भने यसको र्याम २ जीबीको छ । त्यस्तै यसको आन्तरिक स्टोरेज ३२ जीबी छ, जसलाई एसडी कार्डमार्फत बढाउन सकिन्छ ।

फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा एलईडी फ्ल्याश लाइटसहित छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
एन्ड्रोयडको ८.० भसर्नमा आधारित यो स्मार्टफोन फोरजी एलटिई सपोर्ट गर्दछ।

फोनमा वाईफाई, ब्लूटूथ लगायतका फीचरहरु रहेका छन् ।

संभवत यो स्मार्टफोन जून महिनाको दोस्रो साता नेपाली बजारमा उपलब्ध हुनेछ ।

ए सिक्स र ए सिक्स प्लस आउँदै

यसैगरि कम्पनीले ए सिरिजमा हालै विश्व बजारमा सार्वजनिक भएको ए सिक्स र ए सिक्स प्लस स्मार्टफोन पनि सार्वजनिक गर्ने भएको छ । कम्पनीले दुबै फोनहरु जून महिनाको दोस्रो साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको कम्पनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

नोकिया ३.१ पनि आउँदै,

नोकियाको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट प्रालिले नोकियाको नयाँ स्मार्टफोन ३.१ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले अघिल्लो साता मात्र विश्व बजारमा आएको तीन नयाँ स्मार्टफोनहरुमध्ये नोकिया ३.१ मात्र नेपालमा पहिलो चरणमा ल्याउन लागेको हो ।

यो स्मार्टफोन भने नेपाली बजारमा उपलब्ध हुन अझै केहि समय कुर्नुपर्ने हुन्छ ।

Global Bank
easy care

प्रकाशित: १८ जेष्ठ २०७५, शुक्रबार

ताजा समाचार