ईजी मोबाइल केयरको ‘मोबाइल एस्यूरेन्स’ सेवा, स्मार्टफोनको डिस्प्ले फेर्न पैसा नलाग्ने

Technology Khabar १७ जेष्ठ २०७५, बिहीबार

ईजी मोबाइल केयरको ‘मोबाइल एस्यूरेन्स’ सेवा, स्मार्टफोनको डिस्प्ले फेर्न पैसा नलाग्ने

काठमाडौं ।

काठमाडौंको । न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि.ले ईजी सर्भिस अन्तरगत मोबाइलको स्क्रीनको एस्यूरेन्स सेवा सार्वजनिक गरेको छ ।

ईजी सर्भिसले एसुरेन्स सेवा अन्तरगत नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले/स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना सार्वजनिक गरेको हो ।

यो योजनामा मोबाइल फोन ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको डिस्प्लेको एसुरेन्स सेवा ईजी सर्भिस र ईजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्ने जानकारी दिएको छ। यस्तो सेवा नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्नेछ । साथै कम्पनीले आगामी दिनहरुमा पूराना मोबाइल फोनहरुमा पनि यो योजना ल्याउने तयारी गरेको बताईएको छ ।

यो सेवा लिईसकेपछि ग्राहकहरुको फोनको डिस्प्ले फुटेमा (मोबाइल डिस्प्ले ब्रेकेज) एक पटकका लागि कम्पनीले निशुल्करुपमा फेरिदिने छ । मोबाइल फोन ग्राहकहरुले यसको लागि आफ्नो व्यक्तिगत विबरणसहितको फर्म भरेर तुरुन्तै सो सेवा लिनसक्ने छन् । सो सेवा लिएको १ वर्षभित्र ग्राहकहरुको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले निशुल्करुपमा फेरिदिनेछ ।

ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले ग्राहकहरुले महंगो स्मार्टफोन खरिद गरेपनि त्यसको डिस्प्ले दूर्घटनाबस फुट्ने समस्याहरु निकै भोगिरहेको हुँदा त्यसलाई समाधान गर्न नेपालमा नै पहिलो पटक यो योजना ल्याएको बताए।

‘हामीकहाँ स्मार्टफोन मर्मत गर्न आउने अधिकांश मोबाइल फोन प्रयोगकर्ताहरुले डिस्प्ले फुटेको समस्या हुने गरेको छ, डिस्प्ले फेर्न निकै महंगो खर्च तिर्नुपर्ने हुन्छ, एस्यूरेन्स सेवा लिने ग्राहकहरुको मोबाइल डिस्प्ले निशुल्क फेरिदिनेछौं,’ अध्यक्ष पौडेलले भने ।

मोबाइल डिस्प्ले ब्रेकेजको लागि मात्र हाल यो सुविधा उपलब्ध रहेको छ, जसमा कुनैपनि प्रकारले फुटेको मोबाइलको डिस्प्ले निशुल्क फेरिने उल्लेख छ ।

कम्पनीले आगामी दिनमा पानीमा परेर मोबाइल बिग्रने समस्या तथा हराएको वा चोरी भएका मोबाइल फोनहरुको लागि समेत एस्यूरेन्स योजना ल्याउने तयारी गरेको छ । यो सेवा कुनैपनि ब्राण्डका स्मार्टफोन प्रयोगकर्ताहरुको लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नेपालमा मोबाइल सर्भिस तथा बिक्रीमा ख्याति कमाएको यस कम्पनीले यो सेवा हाल काठमाडौं उपत्यकाका लागि शुरु गरीसकेको छ भने आगामी दिनमा देशैभर लैजाने योजना लिएको छ । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर १६६००१२२९९९ पनि उपलब्ध गराएको छ ।

यस कम्पनीले रु.१ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना समेत संचालन गर्दै आईरहेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १७ जेष्ठ २०७५, बिहीबार

ताजा समाचार