सिद्वार्थ बैंक आइएमई पे वालेटमा आवद्ध

Technology Khabar १६ जेष्ठ २०७५, बुधबार

सिद्वार्थ बैंक आइएमई पे वालेटमा आवद्ध

काठमाडौं ।

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अव देखि सिद्वार्थ बैंक लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् ।

सिद्वार्थ बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

साथसाथै सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्ने बताईएको छ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्वार्थ बैंकबीच ‘आइएमई पे वालेट’ मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा गत फागुनमा भएको हस्ताक्षर अनुसार यो सेवा प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७५, बुधबार