नोकिया प्रयोगकर्तालाई खुशीको खबर, यी मोडलहरुमा ‘एन्ड्रोयड पी’ अपग्रेड हुने

Technology Khabar १६ जेष्ठ २०७५, बुधबार

नोकिया प्रयोगकर्तालाई खुशीको खबर, यी मोडलहरुमा ‘एन्ड्रोयड पी’ अपग्रेड हुने

काठमाडौं ।

काठमाडौं । नेपाली बजारमा पनि नोकियाका फोन प्रयोगकर्ताहरुको संख्या राम्रै रहेको छ भने नोकिया मनपराउनेहरुको संख्या पनि उल्लेख्य रहेको छ । अब नोकियाका फोन प्रयोगकर्ताहरुका लागि खुशीको खबर आएको छ ।

नोकियाका स्मार्टफोन प्रयोगकर्ताहरुले अब एन्ड्रोयडको नयाँ भर्सनमा अपग्रेड हुने मौका पाएका छन् ।

नोकियाको उत्पादक एचएमडी ग्लोबलले सबै नोकिया स्मार्टफोनहरुले एन्ड्रोयड पी अपरेटिंग सिस्टममा अपग्रेड हुन पाउने घोषणा गरेको हो । कम्पनीका ग्लोबल मार्केटिंग म्यानेजर नेल ब्रोडवेले मस्कोमा भएको एक कार्यक्रममा सो जानकारी दिएका हुन् ।

यसअघि नै कम्पनीले गत वर्ष फोनहरुमा अपडेट दिने प्रतिबद्धता दिएको थियो तर अहिलेसम्म पुरा गरेको थिएन् ।

अहिले भने कम्पनीनले आफ्ना मोबाइल फोन प्रयोगकर्ताहरुलाई अपग्रेडको अवसर दिएको हो ।

यसका साथै नोकियाको फ्ल्यागशिप फोनको रुपमा रहेको नोकिया ८ स्मार्टफोनमा पनि नोकिया प्रो क्यामरा मोड अपग्रेड उपलब्ध गराएको छ । यो अपग्रेडेशन यहि जून १ तारिखदेखि शुरु हुनेछ ।

नोकिया वन, नोकिया २, नोकिया २.१, नोकिया ३, नोकिया ३.१, नोकिया ५, नोकिया ५.१, नोकिया ६ नोकिया ७ प्लस, र नोकिया ८ सिरेक्को स्मार्टफोन मोडलहरु सबैमा एन्ड्रोयड पी अपरेटिंग सिस्टम अपग्रेड हुनेछ ।

नेपाली बजारमा भने नोकिया २, नोकिया ३, नोकिया ५, नोकिया ६ नोकिया ७ प्लस, र नोकिया ८ स्मार्टफोन मात्र उपलब्ध छन् ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १६ जेष्ठ २०७५, बुधबार

ताजा समाचार