लहान र भिमसेन थापा गाउँपालिकामा मेगा बैंक

Technology Khabar १६ जेष्ठ २०७५, बुधबार

लहान र भिमसेन थापा गाउँपालिकामा मेगा बैंक

काठमाडौं ।

काठमाडौं । शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैंक नेपालले थप दुई वटा शाखा विस्तार गरेको छ ।

सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा बैंकले शाखा विस्तार गरेको हो । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ ।

यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट रहेको बैंकले जनाएको छ ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७५, बुधबार

ताजा समाचार