एप्पलको नयाँ आइफोनमा ट्रिपल क्यामरा सेटअप, सबै फोनमा ओएलईडी डिस्प्ले राखिने

Technology Khabar १६ जेष्ठ २०७५, बुधबार

एप्पलको नयाँ आइफोनमा ट्रिपल क्यामरा सेटअप, सबै फोनमा ओएलईडी डिस्प्ले राखिने

काठमाडौं ।

काठमाडौं । एप्पलले यो वर्ष ल्याउने नयाँ आइफोनहरुको बारेमा विभिन्न रिपोर्टहरु बाहिर आईरहेका छन् । यसैबिचमा एप्पलको नयाँ आइफोनमा तीनवटा क्यामरा भएको ट्रिपल लेन्स क्यामरा सेटअप(Triple  lense camera setup) राख्ने चर्चा बाहिर आएको छ ।

यसअघि नै आइफोन एक्समा नोच डिजाइन र फेशियल अनलक फीचर राखेको एप्पलले नयाँ डिजाइनमा फोन ल्याउन लागेको हो ।

रिपोर्टअनुसार एप्पलले यसै वर्षको अन्त्यतिर सार्वजनिक हुने आइफोनको मोडल बनाउन शुरु गरिसकेको छ र त्यसमा ड्यूल क्यामराको ठाउँमा ट्रिपल लेन्स क्यामरा सेटअप हुने बताईएको छ ।

यस्तो क्यामरामा थ्रीडी डेप्थ सेन्सिग तथा इन्हान्स्ड जूमको सुविधा हुनेछ ।

डच सेक्यूरिटी विश्लेषक जिआलिन लूलाई उल्लेख गर्दै ताईवानबाट आएको रिपोर्टमा सन् २०१९ को लागि आउने आइफोनहरुमध्ये एउटा फोनमा ट्रिपल क्यामरा हुनेछ ।

यस्तो प्रकारको फीचरसहितको स्मार्टफोन चिनियाँ ब्राण्ड ह्वावेले बजारमा यसअघि नै ल्याएको छ । ह्वावेको पी २० प्रोमा यस्तो किसिमको फीचर रहेको छ ।

लूकाअनुसार त्यस्तो क्यामरामा रहेका दुईवटा सेन्सरहरुका सहयोगबाट फरक फरक एंगलमा फोटो खिच्न सकिन्छ । अर्को तेस्रो सेन्सरले भने डेस्थ नाप गर्नेछ । तेस्रो लेन्समा अधिक फोकल लेन्थ हुने र इन्हान्स्ड जूम फीचर हुनेछ । संभवत यसमा थ्री एक्स अप्टिकल जूम हुनसक्ने छ ।
त्यस्तै यसमा थ्रीडी सेन्सिंगका साथमा एआरको पनि प्रयोग हुनेछ ।

एप्पलको नयाँ आइफोनहरुमा ओएलईडी डिस्प्ले प्रयोग हुने रिपोर्ट पनि आएको छ । दक्षिण कोरियाबाट आएको रिपोर्टअनुसार एप्पलले ल्याउन तीन वटै आइफोनहरुमा ओएलईडी डिस्प्ले राख्ने भएको हो ।

यसअघि कुनै दुई वा एउटामा मात्र ओएलईडी डिस्प्ले हुनसक्ने रिपोर्टहरु आएका थिए ।

अहिले आएका रिपोर्टहरु सहि हुन वा होईनन् भन्ने थाहा पाउन भने केहि समय अझै कुर्नुपर्ने हुन्छ ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७५, बुधबार