इन्टरनेट स्लो भएर हैरान हुनुहुन्छ ? त्यसो भए यी उपायबाट बढाउनुहोस् इन्टरनेटको स्पीड

Technology Khabar १५ जेष्ठ २०७५, मंगलवार

इन्टरनेट स्लो भएर हैरान हुनुहुन्छ ? त्यसो भए यी उपायबाट बढाउनुहोस् इन्टरनेटको स्पीड

काठमाडौं ।

काठमाडौं । दिनप्रति दिन इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या बढिरहेको छ । हाल तिब्र गतिको ब्रोडब्याण्ड सेवा वा वाईफाई सेवा नेपालका अधिकांश शहरी क्षेत्रहरुमा उपलब्धताले गर्दा यसको माग समेत बढिरहेको छ । तर इन्टरनेट प्रयोगकर्ताहरुको गुनासो यसको स्पीड घटेको वा नचलेको रहने गरेको छ ।

यदि तपाईँको ब्रोेडब्याण्ड वा वाईफाई डाटा कनेक्शनको स्पीड कम छ वा पटक पटक घटबढ भईरहन्छ भने त्यो तपाईँको लागि टाउको दुखाईको विषय हो । तर केहि सामान्य तरिकाले तपाईँले आफैं इन्टरनेट कनेक्शनको स्पीड बढाउन सक्नुहुन्छ । हामी यहाँ केहि टिप्सहरुको बारेमा जानकारी दिन गईरहेका छौं ।

आफ्नो इन्टरनेट कनेक्शनको स्पीड टेस्ट गर्नुहोस्

सबैभन्दा पहिले तपाईँको इन्टरनेट कनेक्शनको स्पीड कतिको छ भनेर ध्यान दिनुहोस् । यसको लागि तपाईँले कनेक्शनलाई परिक्षण गर्न सक्नुहुनेछ । यसको लागि तपाईँले विभिन्न वेबसाइटमार्फत परिक्षण गर्न सकिन्छ वा यसकै लागितयार गरिएको यो वेबसाइटको माध्यमबाट कनेक्शनको परिक्षण गर्नुहोस् ।यो वेबसाइटले तपाईँको कनेक्शनको स्पीड अनलाइन टेस्ट गरेर जानकारी दिन्छ र तपाईँले दिनमा फरक फरक समयमा टेस्ट गर्न सक्नुहुनेछ ।

वाईफाई एक्सटेण्डर

आफ्नो घरको हरेक कुनामा वाईफाई वा लेनको सहयोगले इन्टरनेटको स्पीड बढाउन सकिन्छ । यदि तपाईँले इन्टरनेट कहिले चल्ने वा कहिले स्लो हुने समस्या भोगिरहनुभएको छ भने त्यसको लागि तपाईँले वाईफाई एक्सटेण्डरको प्रयोग गर्न सक्नुहुनेछ । यस्तो डिभाइस बजारमा सहजरुपमा उपलब्ध रहेको छ । यसले तपाईँको वाईफाई राउटर र तपाईँबीचमा रहेको दूरीसम्म सिग्नल रेन्ज बढाउन सकिन्छ ।
यदि तपाईँको मोडेम कुनै इलेक्ट्रोनिक्स डिभाइसको छेउछाउमा छ भनेपनि त्यसले सिग्नलमा समस्या आउँछ, यस्तोमा इन्टरनेटको मोडेमको स्थान परिवर्तन गर्नुहोस् ।

वाईफाईलाई सुरक्षित बनाउनुहोस्

आफ्नो घर वा कार्यालयमा रहेको वाईफाई पासवर्डलाई बेला बेलामा परिवर्तन गर्ने गर्नुहोस् । यो बाहेक तपाईँले आफैं पनि राउटरमा पासवर्ड राख्नसक्नुहुनेछ । राउटमा पासवर्ड परिवर्तन गर्नको लागि आफ्नो राउटरको सेटिंग्समा जानुहोस् । राउटरमा जानको लागि तपाईँले कम्प्यूटर वा ल्यापटपलाई इन्टरनेट केबलमार्फत जोड्नुपर्ने हुन्छ, र वेब व्राउजरमा यूआरएलको स्थानमा राउटरको आइप िएड्रेस राख्नुपर्दछ ।
दिएको एडमिन पासवर्ड त्यहाँ राख्नुहोस् । सामान्यतया राउटरमा पनि प्रिन्ट हुने गर्दछ । त्यसपछि तपाईँको पेजमा सिक्योरिटी इन्ट्रक्शन म्यानुअल आउँछ, अब तपाईँले वाईफाई राउटरको पासवर्ड आफैं सेट गरेर यो प्रोसेस सम्पन्न गर्न सक्नुहुन्छ ।

ध्यान राख्नुस कि अर्को पटक पासवर्ड परिवर्तन गर्दा यहि प्रकृया अपनाउनुपर्ने हुन्छ ।

वाईफाई मोडमको लाइट जाँच गर्नुहोस्

तपाईँको वाईफाई राउटरमा विभिन्न किसिमका लाइटहरु बल्दछ । जसमध्ये एउटा इन्टरनेट कनेक्शनको, एउटा लेनको र अर्को वायरलेस डिभाइसको लाइट हुन्छ ।

तपाईँको वाईफाई नेटवर्कको कसैले प्रयोग गरेर नेट स्लो भएको हो भने यसबाट थाहा पाउन सकिन्छ । यसको लागि सबै वायरलेस डिभाइसहरु बन्द गर्नुहोस र मोडेममा वायरलेस डिभाइसको लाइट बलेको छ की छैन हेर्नुहोस् । अन्य अनावश्यकरुपमा कसैले इन्टरनेट प्रयोग गरेर स्लो भएको छ भने पासवर्ड तत्काल परिवर्तन गर्नुहोस् । तर यो कहिले काहिँ सहि नहुन पनि सक्दछ ।

भाइरसलाई स्क्यान गर्नुहोस्

कम्प्यूटरमा कयौं प्रोगम्स तपाईँको लागि अनावश्यक र इन्टरनेटबाट डेटा लिने किसिमका हुन्छन् । यस्तो प्रोगम्सले अनावश्यकरुपमा इन्टरनेटलाई स्लो बनाउँछन् । भाइरस स्क्यानद्धारा यस्तो प्रोगमहरुको जानकारी लगाउन सकिन्छ । त्यसैले नियमितरुपमा कम्प्यूटर, ल्यापटप, मोबाइलमा एन्टिभाईरस राख्नुहोस र बेला बेलामा स्क्यान गर्ने गर्नुहोस् ।

easy care

प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार