पतन्जलिले टेलीकम सेक्टरमा पाईला चाल्यो, अनलिमिटेड कलिंग भएको सिम कार्ड लन्च

Technology Khabar १५ जेष्ठ २०७५, मंगलवार

पतन्जलिले टेलीकम सेक्टरमा पाईला चाल्यो, अनलिमिटेड कलिंग भएको सिम कार्ड लन्च

काठमाडौं ।

काठमाडौं । भारतीय बहुराष्ट्रिय कम्पनी पतन्जलिले टेलीकम सेक्टरमा पनि हात हालेको छ । योगगुरु बाबा रामदेवको कम्पनी पतन्जलिले भारतीय कम्पनी भारत संचार निगम लिमिटेड(BSNL) सँगको सहकार्यमा सिम कार्ड सार्वजनिक गरेको हो ।

पतन्जलिले सो सिम कार्डलाई ‘स्वदेशी समृद्धि सिम कार्ड’ नाम राखेको छ । पहिलो चरणमा यो सिम कार्ड पतन्जलिमा कार्यरत कर्मचारीहरुलाई मात्र उपलब्ध गराउने र त्यसपछि अन्य क्षेत्रमा बिस्तार गर्ने योजना लिएको छ ।

पतन्जलिको सो सिम कार्ड ग्राहकहरुले केबल १ सय ४४ भारुमा रीचार्ज गरेर लिन सक्नेछन जसमा ग्राहकहरुलाई २ जीबी डेटाका साथ अनलिमिटेड कलिंगको सुविधा उपलब्ध छ । यसका साथै डेटा र कलिंगको सुविधाका साथ ग्राहकहरुले १०० वटा एसएमएस पनि पठाउन सक्नेछन् ।

यो सिम कार्ड किन्ने ग्राहकहरुलाई पतन्जलिको उत्पादनहरुमा १० प्रतिशत अतिरिक्त छुट सुविधा समेत दिने कम्पनीले उल्लेख गरेको छ ।
पतन्जलिको सिम कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि साढे २ लाख भारुसम्मको मेडिकल बीमा र ५ लाख रुपैयाँ सम्मको जीवन बीमा योजना समेत उपलब्ध गराउने छ ।

सो सिम कार्ड सार्वजनिक गर्दै बाबा रामदेवले भने, ‘हाम्रो नेटवर्क केबल सस्तो डेटा र कल प्याकेज मात्र दिने होईनकी मानिसहरुको स्वास्थ्य र जीवन बीमाको सुविधा समेत दिनेछौं ।’

कम्पनीले दिने सो बीमा केबल सडक दूर्घटनाको अवस्थामा मात्र उपलब्ध हुने बताईएको छ ।

प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार