नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर प्रसुती गृह अस्पतालमा संचालन

Technology Khabar १४ जेष्ठ २०७५, सोमबार

नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर प्रसुती गृह अस्पतालमा संचालन
Classic Tech
Nepal Telecom

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र अस्पतालका निर्देशक जागेश्वर गौतमले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरे ।

योसँगै अब बैंकको एक्स्टेन्सन काउन्टर ६ वटा पुगेको छ । बैंकले ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक्स्टेन्सन काउन्टर खोलेको हो ।

स्त्रीरोग तथा महिलासँग सम्बन्धित रोगको उपचार सेवा दिइरहेको अस्पतालको परिसरमा खोलिएको काउन्टरले अस्पतालको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले अस्पतालमा आउने विरामीको उपचारका क्रममा टिकट काट्न पनि सहयोग गर्ने बैंकले जानकारी दिएको छ ।

आठ लाखभन्दा बढी सेवाग्राही रहेको बैंकको हाल ७० वटा शाखा तथा १०० वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको बैंकले जनाएको छ ।

TK Viber

प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार

Loading...