वर्ल्डलिंकको इन्टरनेट किन्दा नेट टिभी निशुल्क पाईने, पुराना ग्राहकहरुलार्इ पनि सुबिधा

Technology Khabar १३ जेष्ठ २०७५, आईतवार

वर्ल्डलिंकको इन्टरनेट किन्दा नेट टिभी निशुल्क पाईने, पुराना ग्राहकहरुलार्इ पनि सुबिधा

काठमाडौं ।

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने योजना ल्याएको छ। विश्वकप फुटबल २०१८ नजिकिँदै गरेको समय पारेर ‘बीस तीस पच्चास, वल्र्डकप झक्कास्’ नामक प्याकेज ल्याएको हो । सो प्याकेज किन्ने फुटवलप्रेमीले १२ महिनासम्म निशुल्क नेट टिभी पाउन सक्नेछन्।

नेट टिभीबाट ग्राहकहरुले फूल एचडी च्यानलबाट वल्र्डकप खेल हेरेर आनन्द लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबिपिएसको द्रुत गतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एसडी च्यानल भएको नेट टिभी निशुल्क पाइने कम्पनीले जनाएको छ।

एक बर्षको प्याकेज खरिदगर्दा ५सय रुपैयाँ डिपोजिटको साथमा सेट टप बक्सको भाडा स्वरुप २ हजार ५ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ।त्यस्तै ६ महिनाको प्याकेज खरिद गर्दा ५ सय रुपैयाँ डिपोजिट र सेट टप बक्सको १ हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ ।

पहिल्यै वर्ल्डलिंकको ग्राहक भएकाहरुलाई समेत नेट टिभीको सेवा लिने अवसर दिईएको कम्पनीको भनाई छ ।

यस्तै नेट टिभी बाहेकका प्याकेजहरु खरिद गर्न एक महिनाको ३ सय ५० रुपैयाँ, ६ महिनाको १ हजार रुपैयाँ र एक बर्षको ३ हजार ४ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

वर्ल्डलिंकले देशका ६५ भन्दा बढी जिल्लामा २ लाखभन्दा बढी सेवा दिँदै आएको जनाएको छ।

easy care

प्रकाशित: १३ जेष्ठ २०७५, आईतवार